पत्रकार थापा शिक्षा पत्रकारिता लेखनवृत्ती पुरस्कार २०७४ बाट पुरस्कृत

चरिकोट, नेपाल टेलिभिजन दोलखाकी सम्वाददाता मन्दिरा थापा शिक्षा पत्रकारीता लेखनवृत्ति २०७४ बाट सम्मानित हुनु भएको छ । नेपाल पत्रकार महासंघ दोलखाशाखाको उपाध्यक्ष समेत रहनु भएको थापालाई  शुक्रबार काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणि पोखरेलले नगद १५ हजार पुरस्कार सहित सम्मान गर्नुभएको हो ।

पत्रकार थापाले २०७१ सालमा पनि नेपाल सरकार, शिक्षा मन्त्रालय, शिक्षा विभाग र नेपाल पत्रकार महासंघको सहकार्यमा प्रदान गरिदै आएको शिक्षा पत्रकारिता लेखनवृत्ति २०७१ बाट सभामुख सुवास चन्द्र नेम्वाङबाट सम्मान पाउनु भएको थियो । विभिन्न संघर्षका बीच पत्रकारितालाई आफनो पेशा बनाउदै आएकी थापाले पत्रकारिताको माध्यमबाट खेलकुद क्षेत्रको विकासको लागी योगदान पु¥याएको भन्दै २०६७ मा रामेछाप राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी संघले सम्मान गरेको थियो ।
त्यस्तै रेडियो शैलुङले समाचार सम्पादनमा उत्कृष्ट कार्य गरेको भन्दै शैलुङ विषयगत सम्मान २०६९ ले सम्मान गरेकोे थियो भने पत्रकारिताको माध्यमबाट मुलुककै समग्र विकासमा योगदान पु¥याएको भन्दै देवदास स्मृती पत्रकारिता पुरस्कार २०७० उपराष्ट्रपति परमान्द झाबाट ग्रहण गर्नुभएको थियो ।

त्यसैगरी नेपालको सरकारी टेलिभिजन नेपाल टेलिभिजनले २९ औ वार्षिक उत्सवको अवसरमा देशभरका रिर्पोटर मध्ये उत्कृष्ट समाचार सम्प्रेषण गरेको भन्दै २०७० मा सम्मान गरेको थियो भने भुकम्प पछि जोखिमपुर्ण रुपमा रिपोर्टिङ गरेर सही सुचना दिन लागिपरेको भन्दै नेपाल टेलिभिजनले पुन २०७३ मा उत्कृष्ट रिर्पोटरको रुपमा सम्मान गरेको थियो ।
नेपालको सरकारी टेलिभिजन नेपाल टेलिभिजनमा विगत ६ वर्षदेखि दोलखाबाट एक मात्र महिला टेलिभिजन रिर्पोर्टरको रुपमा काम गदै आउनु भएको छ थापा नेपाल टेलिभिजनको ७५ जिल्ला मध्ये एक मात्र महिला रिर्पोर्टर हुनुहुन्छ । थापाले पत्रकारिता शुरु गरेको १३ वर्ष भएको छ ।