दर्पण संवाददाता
चरिकोट, ३ माघ
हिमाली जिल्ला दोलखाको अधिकांश उच्च भुभागहरुमा गय राती विहवार देखि वर्ष संगै वाक्लो हिमपात भएको छ ।
गय राती देखि निरन्तर परेको वर्ष संगै हिमपताले जिल्लााको उच्च भूभागहरु हिँउले सेताम्य भएका छन् भने जनजिवन प्रभावित बनेको छ । विहिवार देखि सुरु भएको वर्षा संगै जिल्लाको पर्याटकिय क्षेत्र कालिन्चोक, कुरी बजार, खरिढुंगा, शैलुङडाँडा, च्योर्दुङ खावा डाँडा, लगाएतका उच्च भागमा हिमपात भएको छ । हिमपता संगै बर्षा भई चिसो बढेका कारण जनजिवन प्रभावित बनेको छ । दोलखाको उच्च भुभागमा वसोवास गर्दै आएकाहरुको जनजिवन प्रभावित भएको छ भने हिँउमा रमाउने आन्तरीक पर्याटकहरु आउन थालेका छन् ।
आज जिल्लाको अधिकांश भुभागमा वर्ष संगै हिमपात भई रहेको छ । अत्याधिक चिसो वढेसैंगै दैनिक जिवनयापनमा समेत समस्या भएको छ ।
