तिन घण्टामा आउने रिर्पोट ९६ घण्टामा पनि नआएको भन्दै स्वाव दिएकाहरु आक्रोसित

दर्पण संवाददाता
चरीकोट
विश्वमा महामरीको रुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस दोलखाको विभिन्न स्थानिय तहमा समेत पछिल्लो समय तिव्र गतिमा फैलि रहेको छ ।

वैतेश्वर गाउँपालिकाको वडा नम्वर ८ क्षत्रपामा कोरोनाको आशंकामा गाउँमा वाहिर बाट आएका एक युवामा कोरोना देखा परे पछि गाउँका स्थायिनहरुमा परिक्षण गर्दा वैशाख २७ गते एउटै गाउँका १४ जनामा कोरोना संक्रमण देखा प¥यो । त्यस लगतै गाउँपालिकाले कन्ट्रयाक टे«सिङमा परेका ४० जनाको स्वाव संकलन गरी परिक्षणको लागि चरिकोट अस्पतालमा पठाएको थियो ।

२७ गते नै स्वाव संकलन गरी पठाएको भएता पनि आज ४ दिन सम्म पनि रिर्पोट नआए पछि स्वाव दिएका स्थायिनहरु आक्रोसित भएका छन् । महामारीको समयमा आम नागरिकको स्वास्थ्य संग जोडिएको विषयमा केहि समयमानै रिर्पोट आउनु पर्नेमा ४ दिन सम्म रिर्पोट नदिएर गाउँ पालिका र चरिकोट अस्पतालले नागरिकको स्वास्थ्य संग खेलवाड गरेको आरोप स्वाव दिएका स्थानियहरुले गुनासो गरेका छन् । स्वास्थ्य कर्मी र वडाका कर्मचारीमा समेत संक्रमण देखिए पछि स्वास्थ्य संस्था र वडा कार्यालय समेत वन्द रहेको छ ।

गाउँपालिकाले स्वाव संकलन गरे लगतै चरिकोट अस्पतालमा पठाएको बताएको छ । यता चरिकोट अस्पतालमा स्वावको वारेमा बुझदा स्वाव ल्यावमा २९ गते मात्र आइ पुगेको र जिल्लाको विभिन्न ठाउँको स्वाव रहेको कारण केहि ढिलाई भएको र तत्काल परिक्षण गरिने कर्मचारीले जनाएको छ । स्वास्थ्य कार्यलय दोलखाले भने वैशाख २८ गते देखिनै बैतेश्वरको ४० जनाको स्वाव अस्पताल आई पुगेको भन्दै पेन्डीङमा राखेर आज सम्म रिर्पोट प्रकासन गर्दै आएको छ ।

स्वाव परिक्षणको लागि सजिलो पार्न चरिकोट अस्पतालमा नै केहि दिन अघि मात्र करिव डेढ करोडको लागतमा प्रयोगशाला संचालनमा ल्याइएको छ । प्रयोगशालामा ३ धण्टामानै रिर्पोट आउने भनिएता पनि ९६ घण्टा सम्म पनि रिर्पोट आउन नसके पछि स्वाव दिएकाहरुले गुनासो गरेका हुन । स्वाव दिएर आफुहरु होम क्वारेन्टाइनमा वसि रहेको र ४ दिन सम्म पनी रिर्पोट नआएको र अव आउँदा वास्तविक रिर्पोट आउनेमा नै आफुहरुलाई शंका लागेको उनिहरुले बताएका छन् । पटक पटक ताकेता गर्दा पनि हुन्छ भन्ने र समयमा काम नगरी आम नागरिको स्वास्थ्य माथि खेलवाड भएको वडा अध्यक्ष रमेश कुमार अधिकारीले बताउनु भयो ।