दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्वर १ क्याम्पोलमा किसानहरुलाई किवि प्रसोधन गर्ने तालिम संचालन गरिएको छ । किसानहरुले गाउँमानै प्रसस्त मात्रमा उत्पादन गरेको किवि प्रसोधन गरी वजारीकरण गर्नका लागि किसानहरुलाई किवि प्रसोधन गर्ने तालिम संचालन गरिएको हो ।
कालिन्चोक गाउँपालिका वडा नम्वर १ का १० जना अगुवा कृषकहरुलाई किवि प्रसोधन गरी किविबाट उत्पादन गर्न सकिने विभिन्न परिकारको विषयमा तालिम संचालन गरीएको कालिन्चोक गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष पदम थामीले बताउनुभयो । स्थानिय सरकार र विभिन्न संघ संस्थाको सहयोगमा ६ दिने किवी प्रसोधन तथा बजारीकरण सम्वन्धी तालिम संचालन गरिएको हो । करिब १२ लाख रुपैयाँ लागतमा किसानलाई तालिम सहित किवि प्रसोधनको लागि आवश्यक पर्ने मेसिनरी उपकरण सहित उद्योग स्थापना गरिएको छ ।
लोन इन्टरनेशनल÷नामसालिङ सामुदायिक विकास केन्द्रबाट १० लाख ७२ हजार, कालिन्चोक गाउँपालिका वडा नम्वर १ बाछ ५० हजार, अन्य संस्थाहरु तथा स्थानीय जनश्रमदानबाट २ लाख ५० हजार लगायतको सहयोगमा सो कार्यक्रम संचालन गरिएको नामसालीङ सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक राजन केसिले बताउनु भयो ।
तालिम उद्यमीलाई किविबाट उत्पादन हुने किविको चिप्स, किविको क्याण्डी, किविको जाम उत्पादन गर्ने सिप सिकाइएको छ । दुर्गम भौगोलिक अवस्था, कच्ची ग्रामिण सडक र बजारिकरणको अभावका कारण किसानले उत्पादनको उचित मूल्य पाउन नसकिरहेको अवस्थामा किवि प्रसोधन केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने वडा अध्यक्ष पदम बहादुर थामीले बताउनु भयो । किवि उत्पादन प्रसस्त मात्रामा हुने तर बजारीकरण र चिस्यानकेन्द्र नहुँदा विक्रि नुहने र कुहिएर जाने किवि प्रसोधन गरेर विधिन्न परिकारहरु बजारीकरण गर्न सकिने भएपछि किसान कर्ण बहादुर थामीले खुसी व्यक्त गर्नु भयो ।
कालिन्चोक गाउँपालिका वडा नम्मर १ क्याम्पोल र आसपासका क्षत्रहरुमा नामसालिङ सामुदायिक विकास केन्द्रको सहयोगमा २०० रोपनी भन्दा वढि क्षत्रमा ४४ सय भन्दा वढि किविका विरुवाहरु रोपिएको छ । यस वर्ष मात्र त्यस क्षत्रबाट ७ हजार किलो किवि उत्पादन भएको थियो भने ५ हजार किलो किवि प्रशोधन गरिएको कार्यक्रम संयोजक केसीले बताउनु भयो ।
गाउँमा किसानहरुको मेहनेत अनुसार किवि उत्पादन राम्रै हुने गरेको तर बजारसम्म पु¥याउने सुविधा नहुँदा किसानले उचित मुल्य पाउन नसकिरहेको अवस्थामा किवि प्रशोधन कार्यक्रम सुरु गरिएको र गाउँमै जाम, क्यान्डी जस्ता उत्पादन हुन थाले पछि आम्दानी बढ्नुका साथै स्थानीयहरुलाई रोजगारी वन्ने समेत अपेक्षा रहेको वडा अध्यक्ष थामीले बताउनु भयो ।
