दोलखाको शैलुङ गाउँपालिका पुर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ । पालिका अध्यक्ष रिमालबाबु श्रेष्ठको अध्यक्षतामा आज पालिकामा आयोजित कार्यक्रमका विच दोलखाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पालिकालाई पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्नु भएको हो ।
पालिका भित्रका सम्पुर्ण वालवालिकाहरुलाई नेपाल सरकारले तोकेको खोप तालिका कार्यक्रम अन्र्तगतका निधारित समयमा सवैलाई खोप लगाईएको र खोप लगाउन कोहि वालवालिका नछुटेको हुँदा पालिकालाई पुर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख उतम खनालले बताउनु भयो । पालिकाले गाउँपालिकाको ८ वटै वडाहरुमा रहेका सवै वालवालिकाहरुको तथ्यङक संकल गरेको र सो अनुसार जन्मको आधारमा लगाउनुपर्ने सवै खोप वालवालिकाहरुलाई लगाई सकिएको स्वास्थ्य शाखा प्रमुख विष्णु कार्कीले बताउनु भयो । पालिका भित्रका ५४० जना वालवालिकाहरुले वैशाख महिनामा १६ महिना देखि ५९ महिना सम्मका सवै वालवालिकाहरुले १५ महिनाको उमेर भित्र राष्टिय खोप तालिका अनुसार पाउनुपर्ने सवै खोप दिलाई पुर्ण खोप सुनिश्चितता गरिएको स्वास्थ्य कर्मी अनिता न्यौपानले बताउनु भयो ।
गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठ, उपप्रमुुख पार्वती कार्की प्रमुख प्रशासकिय अधिकृत संजिव न्यौपानेलाई प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र जनस्वास्थ्य कार्यलयका प्रमुख उतम खनालले पुर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्ताणतरण गर्नु भएको थियो । कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी गेलले जिल्लाको ९ वटा पालिका मध्ये पहिलो शैलुङ गाउँपालिका पुर्ण खोप सुनिश्चितता घोषणा भएकोमा सम्पुर्णस्वास्थ्य कर्मी जनप्रतिनधीहरुलाई वधाई दिनुहँदै स्वस्थ्य जस्तो संवेदनशील विषयमा सक्रियताका साथ लाग्न अनुरोध गर्नु भयो । कार्यक्रममा पालिका अध्यक्ष रिमालवावु श्रेष्ठ उपप्रमुख पार्वती कार्की, जनस्वास्थ्य कार्यलयका प्रमुख उतम खनाल, पत्रकार महासंघका अध्यक्ष प्रभु जिरेल, दोलखाका प्रहरी प्रमुख ज्ञानकुमार महतो, रेडक्रस सोसाईटी दोलखाका सभापती भिम केशी, शिक्षक बालकुष्ण दहाल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
