युवराज श्रेष्ठको अध्यक्षतामा फोनिज वागमती प्रदेशमा नयाँ कार्यसमिती चयन

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको तेश्रो महाधिवेशन रामेछापको मन्थलीमा सम्पन्न भएको छ ।

अधिवेशनले पुनः युवराज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । रामेछापको मन्थलीमा शुक्रवार र शनिवार भएको तेस्रो महाधिवेशनले २२ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो । फोनिजको उपाध्यक्षमा दिलबहादुर लामा, महिला उपाध्यक्षमा अनिता डङ्गोल, महासचिवमा राजु नापित, महिला सचिवमा निशा गुरुङ , सचिव संस्थागत तर्फ हिरालाल गुरुङ र कोषाध्यक्षमा शङ्कर श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ ।

तीनवर्षे कार्यकालका लागि सदस्यहरुमा उद्धव कुमार श्रेष्ठ, बाबुकाजी श्रेष्ठ, रत्नकाजी प्रजापति, मानकाजी तामाङ, रवि महर्जन, तेज नाहिरिङ्ग राई, जर्नेल घले, विशाल राज राई र श्यामलाल लामा चयन भएका छन् । संघिय प्रतिनिधिमा श्याम राना मगर, सरस्वती श्रेष्ठ र राजेश रुम्बा लामा निर्वाचित भएका छन् ।

रामेछापको मन्थलीबजारमा आयोजना गरिएको अभिवेशनको नेपाल सरकारका उर्जा राज्य मन्त्री कान्छाराम तामाङले उदघाटन गर्नु भएको थियो । फोनिजले अधिवशनको अवसरमा फोनिज कर्मी विभिन्न संचारकर्मीहरुलाई सम्मान गरेको छ ।