दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्वर ८ क्षत्रपामा रहेको क्षत्रवती माध्यमिक विद्यालयमा १ लाख रकमको प्रमोद जिरेल अक्षयकोषको स्थापना गरिएको छ ।
विद्यालयको ५८ औँ वार्षिक उत्सव तथा २८ औं अभिभावक दिवसको अवसरमा विधालयमा मंगलवार आयोजित कार्यक्रममा १ लाख वरावरको अक्षयकोषको स्थापना गरिएको हो । सोहि विद्यालयमा अध्यनरत विधार्थी प्रमोद जिरेलको निधन भएको र उसैको सम्झनामा मृतकका वुवा कुल वहादुर जिरेल र भाई शान्त कुमार जिरेलले अक्षयकोषको स्थापना गर्नु भएको हो । साविक क्षत्रपा गाविस वडा नम्वर ९ यबो निवासी सोहि विद्यालयमा अध्ययनरत विधार्थी प्रमोद जिरेलको २०५८ सालमा निधन भएको थियो ।
अक्षकोषबाट प्राप्त रकमबाट गरिव तथा जेहेन्दार विधार्थीहरुलाई अध्ययन गर्नको लागि छात्रवृती प्रदान गरीने छ । मंगलवार विधालयमा आयोजित अभिभावक दिवसको अवसरमा बुवा कुल बहादुर जिरेल र भाई शान्त जिरेलले विधालयका प्रधानध्यापक धुव्र कार्कीलाई १ लाख रकमको चेक हस्ताण्तरण गर्नु भएको थियो ।