दर्पण संवाददाता
चरिकोट, २ मङ्सिर
संस्कृती पर्याटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले संविधानमा व्यवस्था भए अनुसार तिन नै तहको सरकार मुर्त रुपमा बनेर काम अगाडी बढाएकाले मुलुकले संवृद्धी हाँसिल गरेरै छाड्ने बताउनु भएको छ ।
लोकतन्त्रमा संविधानले व्यवस्था गरे अनुसार स्थानीय, प्रदेश र संघिय तिनै तहमा जनताद्धारा निर्वाचित सरकार आर्थिक विकास र संवृद्धीको बाटोमा हिडिरहेको बताउनु हुँदै मन्त्रि अधिकारीले भन्नु भयो –देशमा विकास र संवृद्धी यहि सरकारले ल्याउछ त्यसमा कुनै संका नगर्दा हुन्छ तपाई ढुक्क हुनुहोस ।
राष्ट्रिय विभूति शंखधर साख्वा को चरिकोट बजारमा निर्माण गरिएको शालिक उद्घाटन गर्न मन्त्री अधिकारी हेलिकप्टर चाटर गरि आज चरिकोट आउनु भएको हो । नेपाल कम्यूनिष्ट पार्टी दोलखाले पार्टी कार्यलयमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्नुहुँदै मन्त्री अधिकारीले निर्वाचनमा नेकपाले जारी गरेको घोषण पत्र अनुसार काम भई रहेको र कार्यन्वयन गर्न प्रतिवद्ध रहेकाले कोहि निरास नहुनको लागि कार्यक्रताहरुलाई आग्रह गर्नु भयो ।
सरकार असम्मान्ता र विभेद हटाएर अगाडी बढिरहेको बताउनुहुँदै जनताले आशा गरे अनुसार देखिने गरि काम नभएको भएता पनि सरकार तिनै तहको सरकार संचालनको संरचना तयार गर्न व्यस्त रहेको र अवको समय विकासले तिव्रता पाउने उहाँले बताउनु भयो । पार्टी एकता पछि तल्लो तहसम्म नेकपाको कमिटी गठन नभएको भएता पनि यहि महिना भित्र सवै तहमा कमिटि निर्माण हुने उहाँले बताउनु भयो