चरिकोट, २२ असोज
भिमेश्वर नगरपालिकाले नरपालिका भित्रका ७५ बर्ष उमेर पुगेका बृद्धबृद्धाहरुलाई सम्मन स्वरुप १ हजार का दरले रकम वितरण गर्न थालेको छ ।
नगरपालिका प्रमुख भरत बहादुर केसीले वडा नं. १ का ९२ वर्षिय धनमाया शिवाकोटीलाई रकम हस्ताण्तरण गर्नुहुँदै अभियानको सुभारम्भ गर्नु भएको हो ।
नगरपालिकाले वृद्धवृद्धा सम्मान कार्यक्रम अन्र्तगत नीति नै वनाएर नगरपालिका भित्रका सम्पुर्ण वृद्धवृद्धाहरुलाई औषधी उपचार गर्नको लागि १ हजारका दरले रकम वितरण गर्न लागिएको मेयर भरत बहादुर केसीले बताउनु भयो । यो अभियानले जेष्ठ नागरिकलाई सम्मान हुनुका साथै स्थानिय सरकार भएको अनुभूती हुने र केही सहयोग हुने बताउनुहुँदै नगरपालिका भित्रको सवै वडाहरुमा आईतवारबाट अभियान सुरु भएको जानकारी गराउनु भयो ।
त्यसैगरी संघिय सरकारले दिने बृद्धा भत्ता नगरपालिकाले सहज गराउनको लागि ३ ओटा बैंक मार्फत दिने व्यवस्था मिलाएको छ । वैकमा सुरुमा खाता खोल्न झन्झट हुने भएता पनि पछि सजिलो हुने बताउनुहुँदै बैंक सम्म गएर खाता खोल्न नसक्ने वृद्ध वृद्धालाई दसैपछि गाउँमा आएर खाता खोल्ने व्यवस्था मिलाइएको पनि मेयर के.सीले बताउनु भयो ।