बन्ने भयो नाम्दुको भूकम्प पिडित निता घिमिरेको घर, संकलित २ लाख हस्ताणतरण

दर्पण संवाददाता
नाम्दु, ७ असोज
भुकम्प पिडित लाभग्राही सुचीमा नाम नअटाएकी दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर ६ नाम्दु खनीयाचौरकी निता घिमिरेको घर निमार्ण हुने भएको छ ।

भूकम्पले घर भत्कीए पछि अरुको घरमा आश्रय लिएर बसेका घिमिरेको परिवारका लागि संञ्चार माध्यमहरुले समाचार प्रकाशन तथा प्रसारण गरे प्रश्चात सहयोगी दाताहरुले घर निमार्णको लागि सहयोग गरेका छन् ।

निता घिमिरेलाई एक रुपैँया गरिबको लागि मेरो सहयोग सधैँको लागि कार्यक्रम अन्र्तगत भक्तपुरमा रहेका विभिन्न सहकारीहरुले सहयोग गरेका हुन् । सहयोगी बचत तथा सेवा केन्द्र भक्तपुरले १ लाख, अभ्युदय बचत तथा ऋण सहकारी संस्थाले २० हजार, नारी सेवा सहकारीले ४० हजार राज गणेश उपभोक्ता सहकारीले १० हजार, सक्षम बचत तथा ऋण सहकारी संस्थाबाट २० हजार गरी २ लाख संकलित रकम आज भुकम्प पिडित निता घिमिरेलाई हस्तान्तरण गरिएको हो ।

भक्तपुरका ९ वटा सहकारी संस्थाका सहकारी कर्मीले घिमिरेको घरको स्थलगत अनुगमन गरेको बुस्ती आधार भुत विद्यालयका प्रधानाध्यापक यज्ञ प्रसाद घिमिरेले बताउनु भयो । घिमिरेलाई आगामी असोज १५ गते भक्तपुरमा एक कार्यक्रमका विच थप सहयोग गरीने बताइएको छ ।

निताको समाचार

भूकम्पको यस्तो घर प्रवलिकरणमा निस्किए पछि अर्काको घरमा बस्न बाध्य निताको परिवार