दर्पण संवाददाता
भाद्र १७, चरिकोट, नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाले निर्माण गर्न लागि रहेको सुबिधा सम्पन्न भवनको लागि सहयोग रकम जुट्दै गएको छ ।
नेपाल पत्रकार महासंघले चरिकोट लामाचौरमा निर्माण गरि रहेको भवनको लागि आज आफ्नो जन्म दिनको अबसरमा फुटबल संघ दोलखाका अध्यक्ष तथा व्यवसायी गोविन्द श्रेष्ठले १० हजार १ रुपैया सहयोग गरेका छन् । पत्रकार महासंघको भवन निर्माणमा सहयोग पुगोस भन्ने उदेश्यले आफुले सो रकम जन्म दिनको अबसरमा महासंघलाई हस्ताणतरण गरेको श्रेष्ठले बताउनु भयो । भवन निर्माणको लागि सहयोग गर्ने क्रममा महासंघको साधारण सभाको अबसरमा भाद्र १६ गते का दिन नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष स्व. देवदास श्रेष्ठका छोरा अनिमेस श्रेष्ठले ५ हजार ५ सय, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय सदस्य पत्रकार उषा तमाङले आफनो जन्म दिनको अबसरमा ५ हजार ११ र पत्रकार गायत्री आचार्यले ५ हजार १ सय ११ रुपैया भवन निर्माणको लागि सहयोग गरेका छन् । त्यस्तै जिल्ला युवा समितिले आयोजना गरेको वक्तृत्वकलामा युवा रामचन्द्र केसीले प्राप्त गरेको पुरस्कार ५ हजार ५ सय ५५ रुपौया पनि महासंघको भवन निर्माण सहयोग गरेका छन् । भवन निर्माणमा विभिन्न व्यक्ति तथा संस्थाहरुले सहयोग गर्दै आएका छन् ।

दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा न ३ मा २ सय वर्ग मिटर क्षेत्रफलमा फैलिएको जग्गामा निर्माण भई रहेको सुचना केन्द्र सहितको भवन विशेष प्रबिधियूक्त, स्थानिय मौलिक आकारको, सुचनाको खानी, भूगोल प्राकृतीक स्रोत, जनजीवन भेषभूषा संस्कृतीबारे जानकारी पाउने थलो हुने महासंघका अध्यक्ष जिवन लामाले बताउनु भयो । पत्रकारको लागि मात्र नभई अन्य नागरिको लागि समेत सुबिधा हुने गरी पुस्तकालयको व्यवस्था, सवै जातजातिको पहिचान झल्कने बाजाहरु राखिनुका साथै इन्टरनेटको व्यवस्था गरि भवन वरपर सुचना र प्रबिधिले सुसज्जित केन्द्र बन्ने अध्यक्ष लामाले बताउनु भयो ।

महासंघले भवन निर्माणको लागि सहयोगी दाताहरुलाई सम्मान समेत दिने भएको छ । ५ सय भन्दा माथि वा ५ सय सम्मको लागि प्रमाण पत्र, ५ हजार देखी १० हजार सम्मका लागि सम्मान र दोसल्ला, १० हजार देखि ५० हजार सम्मका लागि सम्मान पत्र र शिलालेखमा नाम, ५० हजार देखि ३ लाख सम्मका लागि ताम्रपत्र र शिलालेखमा नाम, ३ लाख देखि १० लाख सम्मका लागि स्वर्णपत्र सहित विशेष सम्मान र १० लाख भन्दा माथि सहयोग गर्ने सहयोगिको लागि स्वर्णपत्र व्यक्तिको नाममा कक्ष र फोटो राखिने महासंघले जनाएको छ ।
आर्थिक बर्ष २०७४ देखि सहयोग गर्ने दाताहरु
