तामाकोशीको शयेर लगानीबारे सहकारीहरु छलफलमा, सवै नागरिकलाई लगानिको वातावरण वनाइने

चरिकोट, साउन २१/ आम नागरिहरुको चासो रहेको माथिल्लो तामाकोशी जलबिद्युत आयोजनमा शयेर लगानीको विषयमा दोलखा जिल्लाका सहकारी संघ संस्थाहरुले चासो देखाउन थालेका छन् ।

दोलखा जिल्लाको उत्तरी भेग लामाबगरमा निर्माणधिन ४५६ मेघावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशि जलविद्युत आयोजनामा दोलखा जिल्लाबासीले लगानी गर्न पाउने १० प्रतिशत शेयरको बारेमा जिल्लामा रहेका सहकारीहरुले अन्तरक्रिया कार्यक्रम कार्यक्रम सोमवार चरिकोटमा आयोजना गरेका छन् । आयोजनामा सम्पूर्ण दोलखा जिल्लाबासीको शेयर लगानी सुनिश्चित गर्न जिल्लाका सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यलाई कर्जां लगानी गर्ने तयारी भइरहेको सम्दर्भमा उक्त कर्जा लगानी कुन तरिकाबाट गर्ने, सहकारी संस्थालाई आवश्यक कर्जा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको जिल्ला वचत संघका दोलखाका अध्यक्ष जिवसराज खड्काले बताए ।

सहकारीका सदस्यहरुलाई शयेर हाल्नको लागि न्युनतम रकम मात्र भएपनि सवै सहकारीले लगानी गर्नु पर्ने र सहकारीलाई कर्जाको अभाव भएमा नेफस्कुन, राष्ट्रिय सहकारी वैकले कर्जा प्रवाह गर्ने सहकारी वैक दोलखाका व्यवस्थापक हेमन्त चौलागाईको भनाई रहेको छ ।

जिल्लाका सवै नागरिकले सहज तरिकाले शयेर लगानी गर्ने वातावरण बनाउनको लागि सहकारीहरुको महत्वपुर्ण भूमिका हुने भएको हुँदा तामाकोशीको शयेरबाट कोहि स्थानिय पनि वन्चित हुन नपर्ने गरि सहकारीले लगानीको वातावरण बनाउन कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डेले आग्रह गर्नु भयो । कार्यक्रमा जिल्लाका ८० भन्दा बढि सहकारीहरुले सहभागिता जनाएका थिए ।

जिल्लाबासीका लागि तामाकोशी आयोजनाले २०७५ श्रावण १६ देखि भाद्र १४ गते सम्मको लागि शयेर आवेदन गर्ने समय सिमा निर्धारण गरेको छ ।