तेस्रो वडा अध्यक्ष कप फुटवल प्रतियोगिता आजबाट सुरु

दोलखाको भिमेश्वर नगरपालिका वडा नम्वर ५ को आयोजनामा आजबाट तेस्रो वडा अध्यक्ष कप छात्र फुटवल प्रतियोगिता सुरु भएको छ । पाँच नम्वर वडा कार्यालयको आयोजनामा तेस्रो जिल्ला मावि स्तरिय खुल्ला पुरुष फुटवल प्रतियोगिता आजबाट सुरु भएको हो ।

भिनपा ५ धरमघर स्थित बुढाभिमशेन खेल मैदानमा सुरु भएको प्रतियोगिताको भिमेश्वर नगरपालिकाका प्रमुख इश्वर नारायण मानन्धरले उदघाटन गर्नु भएको छ ।

आजबाट सुरु भएको प्रतियोगितामा जिल्लाका १९ वटा टिमको सहभागी भएको आयोजकले जनाएको छ । फुटवल प्रतियोगितामा विजयी हुने टिमले नगद ७५ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र तथा उप विजेत टिमले ४५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई समेत दुई दुई हजार सहित प्रमाणपत्रको व्यवस्था गरिरएको छ ।

भिमेशवर नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष बासु श्रेष्ठको अध्यक्षतामा सुरु भएको फुटबल प्रतियोगिताको उदघाटन गर्नुहुँदै भिमेश्वर नगरपालिकाका प्रमुख इश्वर नारायण मानन्धरले भिमेश्वर नगरपालिकाले खेल क्षत्रलाई अन्य क्षत्रलाई जस्तै प्राथमिकता दिएको र खेल क्षत्रको विकासलाई प्राथमिकतामा राखी काम भई रहेको बताउनुभयो । नगरपालिकामा प्रदेश स्तरीय खेल कार्याक्रम आयोजना गर्नका लागि प्रसस्त पुर्वधारको व्यवस्था भई सकेको र केन्द्रीय स्तरको कार्यक्रमको लागि समेत पुर्वधार विकास भई रहेको उहाँले बताउनु भयो ।

भिमेश्वर नगरपालिका वडा कार्यालयको आयोजना र युथ भिजन कल्वको व्यवस्थापनमा आयोजना गरिएको उदघाटन कार्यक्रममा भिमेश्वर नगरपालिकाका प्रमुख इश्वर नारायण मानन्धर, उप प्रमुख कमला वस्नेत, नेकपा एमालेका सल्लाहकार परिषद सदस्य शंकरलाल श्रेष्ठ, राप्रपाका विष्णु श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रभु जिरेल लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।