नेकपा एमाले दोलखाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दोलखाबाट पार्वत गुरुङलाई एकल उम्मेद्वार सिफारिश गरेको छ ।
नेकपा एमाले दोलखाको चरिकोटमा पुष १९ र २० गते वसेको जिल्ला कमिटी वैठकले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङको एकल नाम सिफारीस गर्ने निर्णय गरेको पार्टी अध्यक्ष नर बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले पार्टी नेता–कार्यकर्ताहरूको भावना, भूगोलको चाहना अनुसार गुरुङलाई एकल उम्मेद्वार बनाउने निर्णय लिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
हालको परिस्थीतीलाई मध्यनजर गरी जिल्लाका सवै पालिकाको नेता कार्यकर्ताको भावनाअनुसार गुरुङलाई एकल उम्मेद्वार सिफारिश गर्ने गरी बैठकमा प्रस्ताव गरिएको र जिल्ला कमिटीबाट गुरुङ उम्मेदवारीमा सिफारीस गर्ने निर्णय पारित भएको वैठक पछि पत्रकार सम्मेलन गर्दै अध्यक्ष श्रेष्ठले जानकारी गराउनु भयो ।
‘जिल्ला कमिटीका दुई तिहाईभन्दा बढी कमरेडहरूले चुनाव जिताउन पार्वत गुरुङलाई नै उम्मेदवार बनाउनु पर्छ भन्ने जिल्ला कमिटी तथा पालिका कमिटीका नेताहरुबाट सुझाव आएको हुँदा एकल नाम सिफारीस गरिएको उहाँले बताउनु भयो
एमालेमा केन्द्रीय सदस्यहरु श्याम बस्नेत, रचना खडका, वाग्मती प्रदेश कमिटीका सचिवालय सदस्य बालकृष्ण शिवाकोटीलगायतका नेताहरूले समेत उम्मेदवारको आकांक्षा गर्नु भए पनि वैठकमा अधिकांश नेताहरुले जिल्लामा हुने निवाचनको लागि पार्वत गुरुङ उपयुक्त हुने निस्कर्ष निकाले पछि उहाँको सिफारीस गरिएको हो ।