माथिल्लो तामाकोशीको शेयर आवेदन आजवाट खुल्ला

साउन १६ चरिकोट / माथिल्लो तामाकोशी जलबिधुत आयोजनाले स्थानियको लागि निस्काष्न गरेको १० प्रतिशत श्येर आवेदन आजवाट खुल्ला गरिएको छ ।
निर्माणको अन्तिम चरणमा पुगेको तामाकोशी आयोजनाले स्थानियको लागि लागतको १० प्रतिशत अर्थत १ अर्व ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता शेयर निश्काषण गरेको हो ।

सवै दोलखालीहरुले आयोजनामा ३० देखि ३ सय कित्ता सम्मका लागि शेयर आवेदन गर्न पाउने छन् । शेयर आज देखि भाद्र १४ गते सम्म आयोजनाले तोकेको केन्द्रमा गई फारम भर्न सकिने आयोजनाले जनाएको छ ।

दोलखालली हरुलाई पनि ३ भागमा बिभाजन
शेयर बाँडफाँडको लागि ‘क’ वर्ग ‘ख’ वर्ग र ‘ग’ वर्ग गरि दोलखाली हरुलाई पनि ३ भागमा छुट्याइएको छ । जिल्लाको साविक लामावगर र गौरिशंकर गाविसलाई ‘क’ वर्गमा राखिएको छ भने साविक लामिडाँडा, लादुक, खारे, बुलुङ, ओराङ, सुनखानी, सुन्द्रावती, सुस्पाक्षमावती, नाम्दु, गैरीमुदी, भिरकोट जफे, मालु, शहरे र भिमेश्वर नगरपालिकाको साविक वडा १,२,३,४ र ६ लाई ‘ख’ वर्गमा राखिएको छ । त्यसै गरि जिल्लाका वाँकी गाविसहरु र भिमेश्वर नगरपालिकाको साविक ५, ६, ८, ९,१०, ११, १२ र १३ नम्वर ‘ग’ वर्गमा राखिएको छ ।

शेयर फारम वर्ग अनुसार फरक
आयोजनाले वर्ग अनुसार शेयर आवेदन दिन सहज गराउनको लागि तिन रङको आवेदन फारम तयार गरेको छ । जस अनुसार ‘क’ वर्गमा पर्नेहरुका लागि हरियो, ‘ख’ वर्गमा पर्नेहरुका लागि निलो र ‘ग’ वर्गमा पर्नेहरुका लागि कालो रङको शेयर आवेदन तयार गरिएको छ । आवेदन फारम माथिल्लो तामाकोशी आयोजना, नागरिक लगानि कोषको वेभसाइटमा र आयोजनाले तोकेको आवेदन संकलन केन्द्रमा पाइने आयोजनाले जनाएको छ ।

आवेदन फारम संकलनका लागि तोकेको संकलन केन्द्र ।
अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको आयोजना निर्माणस्थल गोंगर
कृषि विकास बैंक लिमिटेड चरिकोट
सेन्चुरी कर्मसियल बैंक लिमिटेड चरिकोट, सिंगटी र जिरी
सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेड चरिकोट
लक्ष्मी बैंक लिमिटेड चरिकोट
नेपाल ईन्भेष्टमेन्ट वैंक सिंगटी
प्रभु वैंक चरिकोट
प्राइम कमर्सियल बैंक लिमिटेड जिरी, मैनापोखरी
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड चरिकोट
सिद्धार्थ बैंक लिमिटेड चरिकोट
मेगा वैंक नेपाल चरिकोट, मैनापोखरी र बागखोर
नविल वैंक चरिकोट
एनएमबी बैंक लिमिटेड किर्नेटार
महालक्ष्मी विकास बैंक चरिकोट
नेपाल वैंक चरिकोट
हिमालय वैंक गौरीशंकर
सानिमा वैंक मेलुङ

काठमाण्डौंका लागि सनराईज बैंकका शाखा
काठमाण्डौमा रहदै आएका दोलखालीहरुले सनराइज बैंकका १० ओटा शाखाहरुवाट आवेदन गर्न पाउने छन् । सनराईज बैंकले काठमाण्डौं, भक्तपुर र ललितपुर जिल्लामा दोलखावासीको बढी घनत्व रहेको क्षेत्रका शाखाहरुमा यो व्यवस्था मिलाएको छ । विक्रि सहायक प्रवन्धक सनराईज क्यापिटल लिमिटेडको काठमाण्डौं कमलपोखरी स्थित कार्यालयवाट र न्युरोड, कालिमाटी , चावहिल, तिनकुने, बौध, भक्तपुर , गावाहाल, शंखमुल, कलंकि शाखाबाट पनि शेयर भर्न सकिने छ ।