निउरो टिपन जाँदा भेलले वगाएर दोलखा विगुका वावुछोरा वेपत्ता

दोलखाको बिगु गाउँपालिका वडा नम्वर ७ विगुमा खोलाले वगाएर बाबु छोरा दुवै जना बेपत्ता भएका छन ।

निउरो टिपन गएका वावु छोरो दुवै जनालाई खोलाले वगाएर वेपक्ता भएको विगुका वडा अध्यक्ष दलबहादुर श्रेष्ठले बताउनुभयो । खोलाले वगाएर वेपक्ता हुनेमा बिगु गाउँपालिका वडा नम्बर ७ का अन्दाजी ३५ वार्षिय निम्दोर्जे शेर्पा र उनका छोरा करिव १२ वर्षिय पासाङ शेर्पा बेपत्ता भएका हुन । आज दिउँसो निउरो टिप्न गएका बावुछोरालाई अविरल वर्ष संगै माथिबाट आएको भेलले बगाएको र अम्वाबोटे खोलामा पुु¥याई वेपता पारेको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो । बेपक्ता भएका बाबुछोराको खोजी भई रहेको दोलखा प्रहरीले जनाएको छ ।