नेपालको बागमती प्रदेश अन्तर्गत दोलखा जिल्लाको सदरमुकाममा अवस्थित ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय दृष्टिीकोणले प्रसिद्ध एवम् रमणीय नगरपालिका हो भिमेश्वर नगरपालिका । नेपालको राजधानी काठमाण्र्डौबाट १३३ किलोमिटर उत्तरपूर्वमा अवस्थित दोलखाको सदरमुकाम चरीकोटमा यो भिमेश्वर नगरपालिका पर्दछ । वि.सं. २०५३ सालमा स्थापना गरिएको यो नगरपालिका नेपालमा संघियता घोषणा भए पश्चात वि.सं. २०७३ सालमा पुनः केहि गाविसहरु नगरपालिकामा थप गरी हालको भीमेश्वर नगरपालिका सङ्घीय सरचनामा पुनर्गठन गरिएको हो । भिमेश्वर नगरपालिकामा हाल ९ वटा वडाहरु रहेका छन् । दोलखामा रहेको प्रशिद्ध देवताको रुपमा परिचित मुर्तिमा पसिना आउने र देशको प्राकृतीक एवम राजनीतिक परिर्वतनको पुर्व सुचना दिन सक्ने देवता भिमेश्वरको नामबाट भिमेश्वर नगरपालिकाको नामाकरण गरिएको हो । नगरपालिकाको पूर्वमा वैतेश्वर गाउँपालिका, पश्चिममा सिन्धुपाल्चोक जिल्ला, उत्तरमा कालिञ्चोक गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला र दक्षिणमा शैलुङ्ग गाउँपालिका पर्दछन् । यस नगरपालिकाको क्षेत्रफल १३३ वर्ग कि.मि. रहेका छ भने पूर्व पश्चिम लम्बाई १७ कि.मि.सम्म र उत्तर दक्षिण चौडाइ १० कि.मि.सम्म रहेको छ । हिमाली जिल्ला अन्र्तगत पर्ने यो नगरपालिका न्यूनतम ८४० मिटर चर्नावती त्रिवेणीधाम देखि अधिकतम ३५४९ मिटर गणेश थुम्की सम्म यसको उचाई रहेको छ भने नगरपालिकाको केन्द्र चरिकोट १९७० मि. उचाइमा रहेको छ ।
भिमेश्वर नगरपालिका हिमाली जिल्ला दोलखाकै सवै सदरमुकाम समेत भएको हुँदा यो नगरको विशेष महत्व रहेको छ । यो नगरपालिका धार्मिक पर्यटकीय, संस्कृतीक सम्पदा, जातिय लागएत सवै क्षत्रमा अगाडि रहेको पाइन्छ । अन्य क्षेत्रको जस्तै यो नगरपालिकामा पर्यटनको प्रचर संभावना रहेको छ । पर्यटकीय क्षत्रहरुको प्रचार प्रसार र भौतिक पुर्वधारहरुको विकास गर्न सकेमा यो नगरपालिका पर्यटकीय हवको रुपमा विकास गर्न सकिने संभावनाहरु रहेको छ । नेपाल सरकारले यहि नगरपालिकाको वडा नम्वर ९ लाँकुरीडाँडामा देशकै पहिलो चलचित्र नगरी फिल्म सीटी निर्माणको काम धमाधम गरिहेको छ । प्रकृतिक रुपमा अत्यन्त सुन्दर रहेको यो नगरमा कृषि पर्याटन, सहाशिक पर्याटन, धार्मिक पर्यटन, सहकारी क्षत्रको अध्ययन अवलोकन, हाइड्रोवारको अललोकन जस्ता क्षत्रहरुको अवलोकनको लागि मानिसहरु यस नगरपालिकामा आउने गर्दछन् । धार्मीक रुपमा समेत यस नगरपालिकाको विशेष महत्व रहेको छ । भिमेश्ववर, महांकाल, टहलेश्वर, लगाएत राष्ट्रिय स्तरमा चर्चित मन्दिरहरु रहेको पाइन्छ । फरक फरक विशेषता र धार्मीक महत्व रहेको हुँदा पर्यटकहरु आउने गरेको पाइन्छ । संस्कृतीक तुलनामा यो नगरपालिका धेरै अगाडी रहेको पाइन्छ । विभिन्न वडाहरुमा विभिन्न जात जातिका मानिसहरुको वसोवास रहेको छ । उनिहरुको छुटै पहिचान, भाषा, संस्कार संस्कृती रहेको पाइन्छ । यस नगरमा नेपालकै दोलखा जिल्ला मुख्य वसोवास रहेको थामी समुदायको छुटै पहिचान छ भने तामाङ, शेर्पा, मगर हरुको छ्टै पहिचान रहेको छ । वडा नम्वर दुई र तिनमा वाहुल्य मात्रमा वासोवास रहेको नेवार समुदायहरुको यस नगरपालिकामा विशेष महत्व रहेको छ ।

नगरभित्र रहेको हरेक क्षत्रहरुलाई मध्यनजर गरी भिमेशवर नगरपालिकाले नगरको चौतर्फी विकासको लागि विशेष योजना निर्माण गरी नीति तथा कार्यक्रमहरुमानै समेटेर काम गर्दे आई रहेको छ । भौतिक पुर्वधार, पर्यटन, खेलकुद, शिक्षा, कृषि लगाएत हरेक क्षत्रमा विशेष योजना सहित काम गरी रहेको छ । नगरपालिकाले संभावित क्षत्रहरुको अध्ययन अवलोकन गरी विशेष बजेटको समेत व्यवस्था गरी दिगो विकासको निम्ती काम सुरु गरी सकेको छ ।
नगरपालिकामा हरेक अवसरहरुको सम्भावना भए जस्तै नगर भित्र उर्जाको समेत अत्यन्त संभावना रहेको देखिन्छ । नगर क्षत्रमा उर्जाको संभावनाको वारेमा नगरले विशेष अध्ययन समेत सुरु गरेको छ । जिल्लाकै मुख्य सहरी क्षत्र र अत्याधिक जनसंख्याको वसोवास समेत रहेको हुँदा नगर क्षत्रमा नगर आफैले उर्जाको संभावना को वारेमा अध्ययन गर्नुपर्ने देखिएको छ । हाल यस नगर भित्र बाक्दो जनघनत्व रहेको कारण र औधोगिक कलकारखानहरु समेत संचालनमा रहेको हुँदा यस नगरभित्र ठुलो मात्रामा उर्जा खपत हुने गरको छ ।
नेपालको समय मापनको रुपमा रहेको गौरिशंकर हिमालबाट दोलखा जिल्लालाई मध्य पार्दै तामाकोशी गदी वग्ने गर्दछ । तामाकोशी नदी यस नगरपालिकाको सिमानाको रुपमा वग्ने गर्दाछ । स्वदेशी लगानीमा नेपालकै सवै भन्दा ठुलो जलविधुत आयोजना माथिल्लो तामाकोशी आयोजना यहि नदीमा पर्दछ । दोलखा जिल्ला माथिल्लो तामाकोशी जलविधुत आयोजना मात्र नभई दुई दर्जन भन्दा वढि जलविधुत आयोजनाहरु निर्माणधिन अवस्थामा रहेको छ भने आधा दर्जभ भन्दा वढि ठुला तथा साना आयोजनाहरु निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । देशकै उर्जा क्षत्रमा दोलखा जिल्लामा निर्माण भएका आयोजनाहरुको विशेष महत्व र योगदान रहेको छ । जिल्लामा अध्ययन भई दर्जनौ जलविधुत आयोजना निर्माणको चरणमा रहेको छ भने संभावित क्षत्रहरुको अध्ययन अनुसन्धन समेत भई रहेको छ ।

नगरपालिकामा उर्जाको संभावना
यस नगरपालिकामा जिल्लाको अन्य पालिकाको तुलनामा वढि मात्रामा उर्जा खपत हुने गरेको छ । नगरपालिका भित्र उर्जाको ठुलो संभावना रहेको छ । नगरपालिकामा वैकल्पिक उर्जा नविकरणीय उर्जा, हाइड्रो उर्जा सवैको उतिकै संभावना रहेको पाइन्छ । हाल यस नगरपालिकामा साना दुई जलविधुत आयोजनाहरु निर्माण संम्पन्न भई सकेको छ । तामाकोशी नदीमा निर्माण गरीने तामाकोशी तेस्रो अध्ययन सम्पन्न गरी निर्र्माणको तयारी अवस्थामा रहेको छ ।
दोलखाको भिमेश्वर नगरपालिका वडा नम्वर १ सुस्पा क्षमावतीमा निर्माण भएको १ मेगावाटको कुथेली साना जलविद्युत आयोजना करीव ६ वर्ष अघि निर्माया सम्पन्न भएको आयोजना हो । देशमा चरम लोडसेडिङको अन्त्य गर्न सरकारले विद्युत संकटकाल घोषणा गरेका बेला गाउँकै खोलाको पानी प्रयोग गरेर विद्युत उत्पादन गर्ने गरी कुथेली आयोजनाको निर्माण सुरु भएको थियो । वडा नम्वर १ मा निर्माण भएको यो आयोजना स्थानीय बासी र केही बाहिरका लगानीकर्ता मिलेर निर्माण गरी सञ्चालनमा आएको छ । सुस्पाक्षमावतीको कुथेली खोलामा डाइभर्सन निर्माण गरी कुलो र पेनस्टक पाइप मार्फत पानी फर्काएर भीमेश्वर नगरपालिका–१ क्षमावतीको कुथेली बेंसीमा सर्जट्याङ्क निर्माण गरी दोल्ती खोला दोभानमा पावर हाउस निर्माण गरिएको छ । आयोजनाको ग्रस हेड २ सय १८ मिटर छ । कुथेली खोलाको पानी हिउँदमा कम हुने हुँदा थप कुलो निर्माण गरी बुखरी खोलाको पानी समेत फर्काएर मिसाइएको छ । कुथेली आयोजनामा प्रवेशमार्ग निर्माण गरी संरचना तयार गरेर विद्युत उत्पादन सुरु गर्न २५ करोड रुपैयाँ खर्च भएको थियो ।
चर्णावती जलविधुत आयोजना
त्यसै गरी भिमेश्वर नगरपालिका वडा नम्वर ५ मा चर्णावती जलविधुत आयोजना निर्माण सम्पन्न भएको छ । भिमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकाको सिमानामा वग्ने चर्णवती खोलाबाट भिमेश्वर नगरपालिका वडा नम्वर ५ मा निर्माण गरेको यो आयोजनाले हाल साढे ३ मेगावाट जलविधुत उत्पादन गर्दौ आएको छ । स्थानिय र केहि वाहिरी लगानी कर्ताको लगानीमा निर्माण भएको यो आयोजना दश वर्ष अघि नै निर्माण सम्पन्न भई राष्ट्रिय प्रशारण लाईनमा जोडिएको छ । विधुत संकटको समयमा यस नगरपालिकामा निर्माण भइको यो आयोजनाले उर्जा क्षत्रमा निकै सहयोग पु¥याएको थियो ।
तामाकोशी तेस्रो जलविधुत आयोजना
तामाकोशी तेस्रो जलविधुत आयोजना हाल निर्माण हुन नसकेको आयोजना हो । यो वैतेश्वर गाउँपालिका र भिमेश्वर नगरपालिकाको सिमाना तामाकोशी नदिमा निर्माण हुने राष्ट्रिय महत्वको आयोजना हो । नेपाल सरकारले पटक पटक ठेक्का लगाउँदै र विचमा रद गर्दै आई रहेको छ । जलाशय सहित यो ६ सय ५० मेगावाटको आयोजना निर्माण गरिने गरी अध्ययन भएको थियो ।
आठ सय ८० मेगावाट क्षमतामा आयोजना बनाउँदा दोलखाको सिँगटी बजारसमेत डुबानमा पर्ने हुँदा स्थानीयले व्यापक विरोध गरेका थिए । त्यसपछि कम्पनीले क्षमता ६ सय ५० मेगावाटमा झारेको थियो । आयोजना नदी प्रवाही भए पनि १५ करोड ७८ लाख मिटर क्युबसम्म पानी सञ्चित हुने जलाशय बन्ने र यसमा करिब डेढ महिनासम्म पानी सञ्चित गर्न सकिने अध्ययनमा उल्लेख गरिएको थियो । बिजुली भारत निर्यात गर्ने उद्देश्यले सरकारले सन् २००९ मा एसएन पावरलाई ६ सय मेगावाटका लागि मात्र अध्ययन सर्वेक्षण अनुमतिपत्र दिएको थियो । काम अघि बढाउन सरकारले सहयोग नगरेको कारण देखाए पनि भारतीय बजारमा बिजुलीको मूल्य निरन्तर ओरालो लागेकाले नै एसएन पावर आयोजनाबाट बाहिरिएको थियो । विभागले नर्वेको स्याटक्क्र्याफ्ट नरफन्ड कम्पनी (एसएन पावर)लाई दिइएको सर्वेक्षण अनुमतिपत्र रद्द गरी टिबिआई होल्डिङ कम्पनीलाई दिएको थियो ।

भिमेश्वर नगरपालिका वैकल्पिक उर्जा
यस नगरपालिकामा हाइड्रो उर्जाको मात्र संभावना नभई वैकल्पिक उर्जाको समेत अत्यन्त संभावना रहेको पाइन्छ । विशेषत हिमाली जिल्ला र पहाडी भुभाग प्रशसत मात्रमा खोला नालाभएका कारण भरपर्दो दिगो र सुलभ रुपमा जलविधुत आयोजना नै रहेता पनि वैकल्पिक रुपमा वैकल्पिक उर्जाको समेत राम्रो संभावना रहेको देखिन्छ । हाल नगरपालिकाले नगर क्षत्रको विभिन्न ठाउँहरुमा सौर्य वत्ति जडान गरिरहेको छ । नगर क्षत्रमा विभिन्न उर्जाहरुको अत्यन्त संभावना रहेता पनि कम लागत र दिगो रुपमा भने जलविुत आयोजनाहरुकै निकै राम्रो संभावना रहेको छ ।
भिमेश्वर नगरका लागि उर्जा क्षत्रबाट हुने अवसर ः
नेपाल जलस्रोतको क्षत्रमा दोस्रो धनी देश । यहाँ जलविधुत आयोजनाको अत्यन्त ठुलो संभावना रहेको । उर्जा क्षत्रले देशको अर्थतन्त्रमा समेत विशेष योगदान गर्दै आई रहेको छ । केहि समय अघि सम्म देशको उर्जा संकट टार्नको लागि महंगो मुल्यमा छिमेकी देशवाट विधुत खरिल गर्नुपर्ने वाध्यता रहेकोमा हाल विभिन्न देशहरुलाई उर्जा वेच्ने अवस्थामा पुगेको छ । यसले देशको अर्थतन्त्रलाई महत्वपुर्ण योग्दान गरेको छ ।
हाइड्रो उर्जाको क्षत्रबाट नगरपालिकाले धेरै अवसरहरु प्राप्त गर्न सक्दछ । हाइड्रो हवको रुपमा दोलखा विकास भई रहेको सन्र्दभमा भिमेश्वर नगरपालिकामा संचालनमा रहेको हाईड्रोहरु समेत अध्ययनको केन्द्र वन्न सक्दछ । हाइड्रोको क्षत्रमा आत्मनिर्भर भई सकेको दोलखा हाइड्रो संग जोडिएको अन्य गतिविधीहरुले नगरलाई विकासको क्षत्रमा ठ्लो सहयोग पु¥याउन सक्छ । हाइड्रो निर्माणमा उर्जा क्षत्रको मात्र विकास नभई नागरिकहरु संग जोडिएको प्रत्यक्ष सरोकारका विषयहरुमा समेत विकास हुन्छ । आम नागरिकहरुको जीवनस्तर संग प्रत्यक्ष रुपमा हाइड्रोपावरहरु जोडिएको हुन्छ । भौतिक विकास, आर्थिक विकास, समाजिक रुपान्तरणको क्षत्रमा हाइडोपावहरु प्रत्यक्ष रुपमा जोडिएको हुन्छ । हाइड्रो निर्माणमा ग्रामिण क्षत्रहरुमा सडक संजालको विकास गर्न सकिन्छ भने आर्थिक रुपमा समेत स्थानीयहरुलाई लगानीको माध्यमबाट सम्पन्न गराउन सकिन्छ । नेपाल सरकारले उर्जाक्षत्रमा ठुलो लगानी गरी रहेको अवस्थामा स्थानीय सरकारहरुले समेत उर्जा क्षत्रमा आफनौ लगानी गर्न सक्ने व्यवस्था गरेको छ । पछिल्लो समय कतिपय हाइडोपावरहरुमा स्थानीय सरकार आफैले श्येर खरिद गरी लगानी गर्ने गरेको समेत पाइन्छ । नगर आफै स्थानीय स्तरको एक स्वयत सरकार भएको हुँदा ठुलो उर्जा खपत हुने यस्ता नगरपालिकाहरुले आफनो नगरलाई आवश्यक पर्ने उर्जा नगर आफैले उत्पादन गर्न सक्ने ठुलो संभावना रहेको छ । यसरी उर्जा उत्पादन गर्न सकेमा नगरको अर्थ तन्त्र निकै मजबुद हुनुका साथै नगरबासीहरुको जिवन स्तर र आर्थिक स्तर विकासको लागि ठुलो सहयोग पुग्न सक्छ ।
स्थानीय सरकार एक स्वयत्त सरकार भएको हुँदा आफनो नगरभित्र आवश्यक पर्ने नीति नियमहरु आफैले निर्माण गर्न सक्ने व्यवस्था गरको छ । नेपाल सरकारले स्थानीय तह र सरकारको आम्दानीको आधारमा स्थानीय तह हरुमा करबाट आम्दानी भएका रकमहरु स्थानीय तहमा पठाउने गर्दाछ । स्थानीय तह ले आपैmले करको दर समेत निर्धारण गर्न सक्ने ब्यवस्था गरेको छ । स्थानीय तह अनुसार भेग भुगोलको आधारमा फरक फरक दरमा करहरु निर्धारण गरिएको पाइन्छ । स्थानीय तहमा साना साना जलविधुत आयोजना संचालनको लागि दर्ता तथा नविकरण र अनुमती दिने सम्मको व्यवस्था स्थानीय सरकारले गर्न पाउने व्यवस्था रहेको छ । सो व्यवस्था अनुसार नगर क्षत्रमा संचालनमा रहेको हाइड्रोहरुले स्थानीय सरकारलाई कर तिर्नुपर्ने व्यवस्था रहेको छ । उद्योग उर्जा अन्र्तगत एक मेगावाट भन्दा वढिको आयोजना संचालनको लागि प्रति मेगावाट दर्तामा ५० हजार र नविकरणमा ४० हजार स्थानीय तहलाई तिर्नुपर्ने व्यवस्था गरेको छ । त्यतीमात्र नगई उत्पादन को आधारमा नेपाल सरकारले आम्दानीको आधारमा हाइडोहरुलाई उपलब्ध गराउने रकमबाट स्थानीय सरकारलाई कर तिर्नु पर्ने व्यवस्था रहेको छ । हाइडोहरुको रोयल्टीले नगरको आन्तरीक आम्दानीमा समेत ठुलो सहयोग पुग्ने देखिन्छ ।
नगर पालिकाको सिमानामा संचालनमा आउन लागेको तामाकोशी तेस्र्रो आयोजना एक महत्वपुर्ण आयोजना हो । यो आयोजना निर्माण भएका नगरपालिको हरेक क्षत्रमा ठ्लो संभावना बोकेको छ । आर्थिक रुपमा यर आयोजनाले नगरपालिकालाई ठुलो राहत पुग्ने संभावना रहेको छ । आयोजना निर्माणले विधुत उत्पादन मात्र नभई हरेक क्षत्रको विकासको लागि सहयोग पुग्ने संभावना छ । आयोजना निर्माणको क्रममा तामाकोशी नदीमा भिमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिका जोडने गरी ठुलो जलासय निर्माण हुने छ । उक्त जलासयले जिल्लाको पर्यटकीय क्षत्रमा अत्यन्त ठुलो योग्दान गर्ने संभावना रहेको छ । नगरपालिका र वैतेश्वर गाउँपालिका जलाशय को माध्यमबाट छोथो दुरीमा जोडिने छ । उक्त आयोजनाले पेशा व्यवसाय सहित पर्यटनको माध्यमबाट ठुलो आर्थिक लाभ लिन सक्ने संभावना रहेको छ ।

हरेक क्षत्रमा ठुलो संभावना देखिए जस्तै उक्त योजनाहरु पुरा गर्नका लागि निकै चुनौतीहरुको समना गर्नुपर्ने देखिन्छ । त्यस्तै नगर क्षत्रमा उर्जाको ठुलो संभावना भएता पनि उक्त योजनाहरु लागु गराउनका लागि विभिन्न चुनौतीहरु रहेका छन् । ग्रामिण क्षत्र भएका कारण जिल्लामा भौातिक विकास गर्नका लागि निकै कठिन हरको छ । अन्य तराईको क्षत्रमा गरिने विकास र ग्रामिण क्षत्रमा गरिने विकासमा धेरै फरक पाउन सकिन्छ । सामान्य विकास निर्माणको लागि समेत ठुलो रकम लगानी गर्नुपर्ने देखिन्छ । यसले गर्दा विकास निर्माणको लागि लगानीको अभाव हुने चुनौती रहेको छ । यस नगरमा आन्तरीक आम्दानीको स्रोत अत्यन्त कम र संघिय तथा प्रादेशीक बजेटको आधारमा विकास निर्माणका काम गर्दा ठुलो लगानी लाग्ने र नगर आफैले लगानी गरी योजनाहरु संचालन गर्न निकै चुनौती देखिन्छ । स्थानीय तहमा निर्माण भएका उर्जाका आयोजनाहरुलाई नगरले आफनो निगरानीमा ल्यान सकि रहेका छैनन् । यस नगरपालिकामा निर्माण सम्पन्न भएका दुई जलविधुत आयोजनाहरु समेत स्थानीय तहमा दर्ता प्रकिया र नविकरण प्रकियामा सहभागी भएको पाइदैन । उनिहरुले स्थानीय निकायमा दर्ता र नविकरण वापत कर तिर्नुपर्ने व्यवस्था हुन्छ पहिलेनै निर्माण सम्पन्न भएका आयोजनाहरुलाई करको दायरामा ल्याउन समेत चुनौती देखिएको छ ।
निर्माण सम्पन्न तथा निर्माणधिन अवस्थामा रहेका उर्जा आयोजनाहरु भौगोलिक हिसावले समेत निकै जोखिममा रहेको देखिन्छ । पहाडी जिल्लाको ठाडो खोलाहरु रहेको र विभिन्न ठाउँमा जलाशय समेत हुने गरेको कारण बाढि पहिरोको समेत उच्च जोखिमा रहने गरेको छ । तामाकोशी तेस्रो जलविधुत आयोजना नगरबासीहरुको ठुलो महत्वको योजना भएता पनी यस आयोजना संचालनमा ल्याउनका लागि निकै चुनैती देखिएको छ । नेपाल सरकारले अध्ययन गर्नका लागि पटक पटक विभिन्न कम्पनीहरुलाई जिम्मा दिएको छ । ६ सय ५० मेगावाटको आयोजना संचालन गर्न सकिने अध्ययनले देखाएता पनि आयोजना को उत्पादन छ घटाएर निर्माण गर्ने वा सोहि अध्ययनको आधारमा गर्ने भन्ने विषयमा सरकारले निर्णय गर्न सकेका छैन । सो आयोजनाले उत्पादन भए पछि उर्जा बजारको समेत चर्चा चल्ने गरेको छ । विधुत उत्पादन भए पनि वजारको अभाव हुने कतिपय विज्ञहरुले सुझाव दिने गरेको छ । यो आयोजना निर्माणको लागि लगानी जुटाउन समेत निकै चुनौती देखिन्छ ।
