एकिकृत फ्रेण्डसिप सहकारीद्वारा शेयर सदस्यलाई लक्षित गरी अन्तरक्रिया कार्यक्रम

एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेड जिरीले शेयर सदस्यहरुलाई लक्षित गर्दै एकीकृत फ्रेण्डसिप सेवा अभिमुखिकरण, क्यु आर कोड वितरण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

संस्थाको सेवाहरुको बारेमा सदस्यहरुलाई जानकारी गराउँदै आर्थिक कारोबारको बारेमा चासो गराउने उद्देश्यले मुख्य कार्यालयबाट सुरु गरिएको कार्यक्रम हाल सम्म तीन वटा सेवा केन्द्रमा सम्पन्न भएको छ । मुख्य कार्यालयबाट सुरु गरिएको अभिमुखिकरण कार्यक्रम मेलमिलाप हुँदै आज गोकुलगंगा गाउँपालिकाको वडा नम्बर १ गर्जाङमा आयोजना गरिएको हो । एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लि. को स्वीकृत बार्षिक कार्यक्रम अनुसार एकीकृत फ्रेण्डसिप सेवा अभिमुखिकरण कार्यक्रमको आयोजना गर्दै सदस्यहरुलाई आफ्ना उत्पादन तथा सेवा, वित्तिय विवरणहरु साथै संस्थाले संचालन गरेको प्रविधि मैत्री सेवा सम्बन्धी जानकारी गरिएको थियो ।

संस्थाको अध्यक्ष भुमिराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समिति सदस्य तथा गर्जाङ सेवा केन्द्रका संयोजक नवराज खड्काले स्वागत मन्तव्य राख्नु भएको थियो भने धौले कृर्षि सहकारी संस्थाका अध्यक्ष राम्जि खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाले आफ्नो प्रविधि पार्टनरको रुपमा एम.बैक र प्रिमियम सि.वि.एससँग सहकार्य गरि सदस्यहरुलाई प्रविधिमैत्री सेवामा जोड्दै विभिन्न सेवाहरु सुरु गरेसँगै आफ्ना गर्जाङ सेवा केन्द्र क्षेत्रका सदस्यहरु मध्ये जम्मा २०० जनालाई क्यु. आर. कोड वितरण कार्यक्रम पनि सम्पन्न गरेको छ ।

यसका साथै अव सदस्यहरुले जुनसुकै बैक तथा वित्तिय संस्थाबाट संस्थाको खातामा सजिलै रकम पठाउन सकिने छ भने ईसेवा, खल्तीबाट भने सहकारीको खातामा पैसा पठाउन सकिने व्यवस्था पहिले नै सुचारु गरिएको र आगामी दिनमा अन्य सेवा केन्द्रहरुमा पनि यस्ता कार्यक्रमहरु आयोजन गरि प्रविधि हस्तान्तरण गर्ने जानकारी संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत राम बहादुर खत्रीले जानकारी दिनुभयो । कार्यक्रममा गर्जाङ सेवा केन्द्र क्षेत्रका करिब १ सय १५ जना भन्दा बढी सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा गोकुलगंगा गाउँकार्यपालिका सदस्य दिर्घमाया खत्री, वडा नम्बर १ का वडा सदस्य टोप बहादुर खत्री, दलित महिला सदस्य विमला वि. क साथै गर्जाङ सेवा केन्द्र क्षेत्रमा रहेका विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।