दोलखा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा बस्नेत र श्रेष्ठको उम्मेदवारी दर्ता

दोलखा उद्योग वाणिज्य संघमा अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ ।
यहि फागुन १३ गते सम्पन्न हुन लागि रहेको निर्वाचनको लागि अध्यक्ष पदमा इन्द्र बहादुर श्रेष्ठ र दिनेश वस्नेतको उम्मेदवारी परेको छ । निर्वाचन उप समितिले आज पाँच वजे सम्म दिएको अन्तीम समय सम्म अध्यक्षमा दुई जना र अन्य सदस्यहरुमा उम्मेदवारी परेको निर्वाचन उपसमिती प्रमुख सरोज उप्रेतीले जानकारी दिनुभयो । अध्यक्ष, महिला सदस्य, दलित सदस्य, यसोसियट सदस्य र सदस्यहरुको लागि निर्वाचन हुनेछ ।
व्यवसायीहरुको साझा संस्था उद्योग वाणिज्य संघमा श्रेष्ठ र वस्नेतको दुई प्यानलनै वनेर उम्मेदवारी दर्ता गरेको पाइएको छ । अन्य पदाधिकारी भने निर्वाचित सदस्यहरुले पछि चयन गर्ने छ ।