नेकपा एमाले दोलखाले आज चरीकोटमा जिल्ला स्तरीय बृहत प्रशिक्षण भेलाको आयोजना गरेको छ ।
नेकपा एमाले जिल्ला कमिटि दोलखाले एमाले दोलखाका नेता तथा कार्यकर्ताहरुका लागि एक दिने बृहत प्रशिक्षण भेला कार्यक्रमको आयोजना गरेको हो । चरिकोट स्थीत सिमपानीहलमा आयोजना गरिएको प्रशिक्षण भेला कार्यक्रममा एमाले दोलखाका जिल्ला कमिटि सदस्य, पालिका कमिटिका पदाधीकारी, निर्वाचित जनप्रतिनीधी, जनवर्गी संगठनका पदाधिकारीहरुको उपस्थिती रहेको छ । दक्षिणपन्थी अबसरबाद र संगठनात्मक अराजकतालाई पराजित गरौ, जवजको मार्गदर्शनमा सामानवादको आधार निर्माण गरौ भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रशिक्षण कार्याक्रममा नेकपा एमालेका केन्द्रिय उपमहासचिव विष्णु रिमाल, वागमती प्रदेश सहइन्चार्ज तथा नेकपा एमाले केन्द्रीय सदस्य आनन्द पोखरेल, नेकपा एमाले वागमती प्रदेश कमिटि अध्यक्ष केशव पाण्डे, एमाले केन्द्रिय सदस्य तथा दोलखा इन्चार्ज सरस्वती वस्नेत लगाएतले प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा जिल्ला स्तरीय नेताहरुलाई प्रशिक्षण दिनुहुँदै एमालेका उपमहासचिव विष्णु रिमालले आसन्न निर्वाचनलाई लक्षित गरी पार्टी निर्माणको लागि टोल टोल सम्म कमिटी निर्माणमा खटनका लागि निर्देशन दिनुभयो । कम्यूनिष्ट पार्टीनै नेपाली काङग्रेसको सहारामा कम्यूनिष्ट समाप्त पार्ने अभियानमा लागेको त्यस तर्फ सचेत रहन आग्रह गर्नुभयो । नेपालमा हाल एमाले संग कुनैपनि राजनैतिक दलले एकलै निर्वाचन लडन नसक्ने उपमहासचिव रिमालले बताउनुभयो । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा वागमती प्रदेश सहइन्चार्ज आनन्द पोखरेलले नेकपा एमालेको सरकारकोे जनमुखी कामहरुलाई स्विाकार गर्न नसकी विदेशी तत्वहरुकको इसारामा बनेको गठबन्धनको सरकारले सत्ता टिकाउनका लागि नागरीकको हित विपरीत काम गरेको बताउनुभयो । नेकपा एमालेको नेतृत्वमा मात्र देश विकास सम्भव रहेको उहाँले बताउनु भयो ।
नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको प्रशिक्षण भेला कार्यक्रममा एमाले दोलखाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । पछिल्लो समय पार्टीका जिम्मेवार ठाउँमा भएका व्यक्तिहरुनै पार्टीप्रति घात गर्ने जस्ता कार्यमा देखिएको र पार्टी नेता कार्यकर्तालाई पार्टी सम्वन्धी प्रशिक्षणको आवश्यकता देखिएकोले प्रशिक्षण भेलाको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
