मेलुङ ४ मा एमालेका सोम वोम्जन लामा निर्वाचित

दोलखाको मेलुङ गाउँपालिका वडा नम्वर ४ मा नेकपा एमालेका उम्मेदवार सोम बहादुर वोम्जन अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

नेकपा एमालेको तर्फबाट उम्मेदवार वन्नु भएका बोम्जन ७३२ मत प्राप्त गर्नुहुँदै वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । एमालेका वोम्जनले गठबन्धनका तर्फबाट उम्मेदवार वन्नुभएका छिरिङ थोकरलाई करिव १ सय मत अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । एमालेबाट निर्वाचित वडा वोम्जनले ७३२ मत प्राप्त गर्नुृभएको छ भने नेपाली काङग्रेसका छिरिङ थोकरले ७१४ मत र राप्रपाको कृष्ण बहादुर थापाले ५२२ मत प्राप्त गर्नु भएको छ । मेलुङ वडा नम्वर ४ मा २०७३ मत खसेको थियो । वडा नम्वर ४ बाट पालिका प्रमुखमा सवैभन्दा वढि हिराकुमार थोकरलाई मत गएको छ । वडा बाट हिरा कुमार थोकरलाई ११६० मत गठबन्धनकका रविन्द्र कार्कीलाई ४४४ मत खसेको छ । त्यस्तै उप प्रमुखमा गायत्री आचार्यलाई ७१६, राप्रपाका छत्र बहादुर तामाङलाई ७१४ र गठबन्धनकका भक्त बहादुर तामाङलाई ३०६ मत आएको छ ।