मैनापोखरीमा एमालेको बिसाल चुनाबी सभा, एमालेको पक्षमा उर्लियो मानव सागर (तस्बिरहरु )

मैनापोखरी : नेकपा एमाले बैतेश्वोर गाउपालिकाले मैनापोखरिमा पालिका स्तरिय विशाल चुनाबी सभा गरेको छ ।
एमाले बैतेश्वोर गाउपालिकाले स्थानिय तह को आगमी बैसाख ३० गते हुन लागि रहेको निर्वाचनलाइ लक्षित गर्दै मैनापोखरिमा विशाल चुनाबी सभा आयोजना गरेको हो । मैनापोखरीमा आयोजना गरिएको चुनाबी सभामा हजारौ नागरिकहरुको उपस्थिति रहेको थियो । चुनाब नजिकिदै गर्दा बैतेश्वोरमा एमाले प्रती नागरिकहरुको आकर्षण बढ्दै गएको छ । चुनाबी सभालाइ एमालेका पोलिटब्यूरो सदस्य तथा पुर्व मन्त्री आनन्द पोखरेल लगाएतका जिल्ला स्तरिय नेताहरुले सम्बोधन गर्नु भएको थियो ।

गत स्थानिय तहको निर्वाचनमा नागरिकको स्वतन्त्र मतदानको अधिकार बाट बन्चित गर्दै बुथ कब्जा गर्दै काङ्ग्रेस र माओवादीका उमेदवार निर्वाचित भएको थियो । बुथ कब्जा गरि निर्वाचित भएता पनि नागरिक को हित बिपरित ब्यतिगत स्वार्थका लागि मात्र काम गरेको भन्दै काङ्ग्रेस माओवादी कै कार्याकर्ता भित्र चरम असन्तुष्टि रहेको छ । जिल्ला भर गठबन्धन भएता पनि भागबन्डा न मिल्दा एमालेको विरुद्धमा काङ्ग्रेस ले छुट्टै समाजबादी र माओवादी गठबन्धनले छुट्टै उमेद्वार बनाएको छ ।

बैतेश्वोरमा गठबन्धन भित्र चरम असन्तुष्टि भएको कारण एमालेको पक्षमा जनलहर बढ्दै गएको छ । चुनाबी सभालाइ सम्बोधन गर्नु हुँदै एमालेका उमेदवार माधब घिमिरेले एमालेले बैतेश्वोरमा निर्वाचन जिति सकेको र घोषणा हुन मात्र बाकी रहेको बताउनु भयो ।