चरिकोट, चैत १७ : एकिकृत समाजबादी दोलखाको उपाध्यक्ष भुवन केसी एमालेमा प्रवेश प्रवेश गर्नुभएको छ ।
उपाध्यक्ष केसी सहित समाजबादीमा विभिन्न कमिटीमा रहेका दुई दर्जन भन्दा वढि नेता तथा कार्याकताहरु एमालेमा प्रवेश गरेका हुन । समाजबादीका उपाध्यक्ष केसी सहितको टोलिलाई पुर्व मन्त्री तथा एमाले पोलिटव्यूरो सदस्य पार्वत गुरुङ, पार्टी अध्यक्ष नर बहादुर श्रेष्ठ लगाएतको टोलिले एमाले पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि स्वागत गर्नु भएको हो ।
उपाध्यक्ष केसी सहित समाजबादी पाटी युवा संघका केन्दीय सदस्य श्याम तामाङ, जिल्ला कमिटी सदस्य राम तामाङ, सन्तोष भुजेल, नगर कमिटी सदस्य दिनेश श्रष्ठ, यवा संघ वोचका अध्यक्ष मिलन तामाङ लगाएत वोचका दुई दर्जन भन्दा वढि युवाहरु एमालेमा प्रवेश गरेका हुन । दोलखामा प्रभावसाली मानिने समाजबादी पार्टीमा रहनुभएका उपाध्यक्ष केसी सहितको टोली एमालेमा प्रवेश गरे संगै समाजवादीलाई ठुलो धक्का लागेको छ । स्थानिय तहको निर्वाचनको पुर्व सन्ध्यामा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नेहरुको लहरनै चलेको छ । केहि दिन अघि मात्र नेकपा माओवादी दोलखाका क्षेत्रिय संयोजक सहितको ठुलो टोलि एमालेमा प्रवेश गरेको थियो ।