
दोलखा जिल्ला पर्यटकीय धार्मिक एंव सास्कृतिक क्षेत्रमा अगाडी रहे जस्तै सहकारी क्षेत्रमा दोलखा निकैनै अगाडी बढेको छ । अन्र्तराष्ट्रिय स्तरका नमुना योग्य सहकारी संस्थाहरु दोलखामा पनि छन् । जिल्लामा सहकारी एकिकरणको लहर नै चलेको छ । जिल्लामा एकपछि अर्को सहकारी संस्थाहरुमा एकिकरणको कार्य बढेका छन । जिल्लालाई नमुना सहकारी जिल्ला घोषणा गर्नुले पनि यसको पुष्टी गर्दछ ।
दोलखा जिल्लामा एकिकरण पछि ५०० को संख्यामा संघ÷संस्थाहरु रहेका छन् । दोलखा जिल्लामा हाल रहेका सहकारीमा सदस्यहरुबाट करिब १६ अर्व पूँजी संकलन भएको छ । भने दोलखा जिल्लामा १ लाख ८५ हजार भन्दा बढी सदस्यहरु सहकारीमा आबद्ध भएको देखिन्छ । जसमा दोहोरो सदस्यताको कारण सहकारीमा आवद्ध बढी देखीएको पाईन्छ भने दोलखामा । ९०० भन्दा बढीले सहकारी संघ÷संस्थामा प्रत्यक्ष रुपमा कार्यरत रहेका छन । सहकारी संस्थाहरु विभिन्न उदेश्य बोकेर दर्ता भएका छन् । अब सहकारी संस्थाहरु सदस्यहरुलाई व्यवसायीक बनाई आत्मनिर्भरता बृद्धि गर्ने तिर अब सहकारी संस्थाको ध्यान जानु पर्दछ । हाल कयौं युवाहरु रोजगारीको खोजिमा विदेशीएका छन् । त्यस्तो दक्ष जनशक्तिलाई स्वदेशमा फिर्ता गर्ने र विदेशमा जानबाट रोक्नका लागि स्वदेशमा उद्योग कलकारखान स्थापना गरी रोजगारी सिर्जना गर्न पहल गर्न तिर सबैले ध्यान केन्द्रित गर्नु पर्दछ । हाल दोलखा जिल्लाबाट सहकारीको क्षत्रमा केन्द्रिय स्तरमा विभिन्न ब्यक्तिहरुको सहभागिता रहेको छ । राष्ट्रिय सहकारी महासंघ लि मा दोलखाबाट प्रतिनिधीत्व गर्नु भएका डि वि बस्नेत, राष्ट्रिय सहकारी बंैक लि मा अध्यक्ष जस्तो गरीमय पदमा दोलखामा जन्म लिनु भएका के वि उप्रेति, नेपाल बचत तथा ऋण सहकारी संघ लि मा संञ्चालक समिति सदस्य जिवसराज खड्का, बागमति प्रदेश बचत तथा ऋण सहकारी संघमा पनि दोलखा जिल्लाका सहकारी अभियान्ता जिवशराज खड्का महासचिव पदमा रहनु भएको छ । त्यस्तै बागमति प्रदेश सहकारी संघ लि मा दोलखाले पनि उच्च र सम्मान स्थान पाएको छ जस्को प्रतिनिधि जिल्ला सहकारी संघ लि ले सहकारी अभियान्ता, सहकारी क्षेत्रका एक उच्च ब्यति भिम प्रसाद दहाललाई प्रतिनिधि रहनु बनाएको छ । उहाँँ बागमति प्रदेश सहकारी संघ लिको महासचिव रहनुभएको छ । उहाँहरुले प्रतिनिधि गर्नु भएको केन्द्रिय स्तरमा दोलखा जिल्लाको सहकारी अभियान सगरमाथाको उचाईमा राख्न सफल रहनु भएको छ ।
एकिकरणको लहर
दोलखा जिल्लामा सहकारीको तथ्याङ्ग हेर्दा नेपालका नमुना र देशका उत्कृष्ट सहकारी दोलखामा रहेका छन् । सहकारी अभियानले पनि दोलखालाई थप परिचित गर्दछ । दोलखामा एकै चोटी ९ वटा सहकारी संस्थाहरु एकिकरण गरि हाल सम्म १५ वटा सहकारी एकिकरण गरेको एकिकृत फेण्सिप साकोस रहेको छ । त्यस्तै दोलखा जिल्लाको ठूलो सहकारी र एसियाको उत्कृष्ट सहकारी बैतेश्वर ५ मैनापोखरीमा रहेका जनसचेतन साकोसले हाल सम्म ४ वटा सहकारी एकिकरण गरेको छ । त्यस्तै बैतेश्वर ५ मैनापोखरीमा रहेको जनमुखी साकोसले १ वटा एकिकरण गरेको छ भने केही सम्झौतामा रहेका छन । मिलिजुलि कालिञ्चोक साकोसले हाल सम्म १२ वटा सहकारी एकिकरण गरेको छ ।त्यस्तै अर्थभूमी साकोसले ५ वटा सहकारी एकिकरण गरेको छ भने बैतेश्वर गा पा ३ मा मुख्य कार्यालय भएको जनउत्थाण साकोसले पनि २ वटा एकिकरण गरेको छ । कति संस्थाहरुले एकिरणमा सम्झौता गरेका छन भने कतिले प्रमाण पत्र लिन बाँकी रहेको छ ।
अर्व भन्दा माथिका ४ सहकारी
दोलखा जिल्ला सहकारीको उरर्बर भुमी रहेको जिल्ला हो । सहकारी अभियानको लागी नमुना जिल्ला पनि रहेको छ । दोलखा जिल्लामा हाल ४ सहकारी अरब भन्दा माथि रहेका छन । दोलखा जिल्लाको सबै भन्दा ठूलो उत्कृष्ठ सहकारी जनसचेतन साकोसको २ अरब भन्दा माथिको वासलद रहेको छ भने सदस्य ३७ हजार रहेका छन । हाल ३७ हजार सदस्यहरुलाई ६४ जना कर्मचारीहरुले सेवा दिईरहेका छन भने १६ वटा सेवा केन्द्र बाट सदस्यहरुले सेवा लिरहेका छन । १ अरब २१ करोडको कुल वासलाद रहेको जनमुखी साकोसमा हाल २० हजार सदस्य रहेका छन भने २५ जना कर्मचारीहरुले सेवा दिरहेका छन भने ६ वटा सेवा केन्द्र रहेका छन । १५ हजार सदस्य रहेको एकिकृत फ्रेन्डसिप साकोसको हाल १ अरब १५ करोडको वासलद रहेको छ भने ४१ जना कर्मचारीहरुले सेवा दिई रहेका छन् । ३३ हजार सदस्य रहेको मिलिजुलि कालिञ्चोक साकोसको हाल १ अरब २३ करोडको वासलद रहेको छ भने ४५ जाना कर्मचारीहरुले सेवा दिई रहेका छन् भने ८ वटा सेवा केन्द्र रहेको छ ।
समुदाय स्तर सम्म सहकारी
दोलखा जिल्लाको सहकारी अभियान सधै अघि रहेको छ । यहाँका सहकारीले समुदाय स्तर सम्म पुगेका छन । जुन समुदायमा बैकहरु गएका छैन् त्यस भेगमा सहकारीले सेवा दिएका छन् । यातयातको पहुच नपुगेको स्थान सम्म पनि सहकारीले समुदायलाई जोडेको उदाहारणहरु प्रसस्त छन् । दोलखाको उतरी भेगमा बैकहरुको पहुच छैन तर पनि यहाँका सुदायमा सहकारीमा आवद्वता रहेका छन् जुन सेवा सहकारीले दिएको छ । दोलखा जिल्ला बैतेश्वर ५ मैनापोखरी मुख्य कार्यालय रहेको जनसचेतन साकोसले हाल सम्म ३७ हजार सदस्यहरु आवद्वता गराउनु नै रुपान्तरणमा सहयोग गर्नु एक नमुना उदाहारण रहेको छ । त्यस्तै भिमेश्वर नगरपालिका मुख्य कार्यालय रहेको मिलिजुलि कालिञ्चोक साकोसले ३३ हजार सदस्यहरुलाई आवद्वता गराउनु अर्का उदाहारण रहेको छ । यसले गर्दा अब समुदायको रुपान्तरण सहकारीले मात्र हुन सक्छ भन्ने उदाहारण हो ।
सदस्यहरुलाई प्रविधि सेवा जोड
जति धेरै सदस्य त्यति धेरै चाप पर्न जान्छ र सेवा लिन पनि सहज हुदैन । संस्थाहरुले सदस्यहरुलाई विभिन्न समय अनुकाुल प्रविधीमा आधारित शिक्षा र महत्व बारे सहकारी शिक्षा चलाउन आवश्यक छ । सदस्यहरुले राखेको बचत बारेमा जानकारी, कर्जा बारे जानकारी तथा अन्य संस्थाको बारेमा जानकारी दिन सदस्यहरुलाई प्रविधि सेवामा जोड दिनु पर्छ । संस्थाहरुका मोवाइल वैँकिङ सिस्टम सञ्चालनमा छन् तर कति सदस्यहरुले उक्त चलाउन जानेका छन् त ? साँचै भन्ने हो भने कति सदस्यहरुलाई यस्ता प्रविधि बारे थाहा नहुन पनि सक्छ ।
ब्राण्ड संस्थाहरु
दोलखा जिल्लामा सदस्यहरुको मन जित्दैै गएका छन । दोलखा जिल्लामा हाल २ वटा संस्थाहरु सिल्लभर ब्रण्ड प्राप्त छन् । जसमा दोलखा जिल्ला बैतेश्वर गा पा ५ मा रहेको जनसचेतन साकोस र भिमेश्वर नगरपालिकामा रहेको मिलिजुलि कालिञ्चोक साकोस रहेका छन् । ब्रोन्च ब्राण्ड प्राप्त भिमेश्वर नगरपालिकामा रहेको हाम्रो जनकाल्याण साकोस रहेको छ । त्यस्तै प्रोबेसन ब्राण्ड प्राप्त ३ वटा सहकारी संस्था रहेका छन् । जसमा जिरी नगरपालिकामा रहेको एकिकृत फेण्सिप साकोस, बैतेश्वर गा पा ५ मैनापोखरीमा रहेको जनमुखी साकोस र भिमेश्वर नगरपालिकामा रहेको शिक्षक कल्याण साकोस रहेका छन ।
गाँउ देखि मुख्य सहर सम्म
दोलखा जिल्लामा यस्ता संस्थाहरु छन् जुन संस्था दोलखा जिल्लाको ग्रामीण भेगमा साविकको काब्रे बगर भन्ने ठाँउ देखी सबैको रहर काठमान्डौ शहरका थानकोट सम्म आफ्नो सेवा विस्तार गरेको छ । दोलखा जिल्ला बैतेश्वर गा पा ५ मा रहेको जनसचेतन साकोसले थानकोट सम्म सेवा विस्तार गरेको हो । हाल संस्थामा ३७ हजार सदस्य रहेका छन भने २ अर्ब २६ कारोड कुल बासलद रहेको संस्थामा ६४ जना कर्मचारी रहेका छन । संस्थाको १६ वटा सेवा केन्द्र रहेका छन । सदस्यहरुले आफुलाई पायक पर्ने ठाँउ जता बाट पनि कारोबार गर्न र आवश्यता परे जुन सेवा केन्द्र बाट पनि कर्जा प्राप्त गर्न सक्छन् । हाल संस्थाले अन्य जिल्लामा पनि कार्य क्षेत्र विस्ता गर्ने योजना बनाएको छ ।
त्यस्तै बैतेश्वर ५ मा रहेको संस्था जनमुखी साकोसले पनि काठमाण्डौँं, ललितपुर र भक्तपुरमा आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ । उक्त संस्थाले एक सहकारी एकिकरण गरि कार्यक्षेत्र विस्तार गरेको हो ।
लेखक अनिल दहाल जिल्ला सहकारी संघ लि दोलखाका व्यवस्थापक हुन् ।
