दर्पण संवाददाता
चरिकोट, १ माघ ः विष्णुलक्ष्मी साहित्य पुरस्कार समितिले दोलखामा प्रत्येक वर्ष माघ १ गते माघेसक्रान्तीको दिन वितरण गर्दै आएको विष्णुलक्ष्मी साहित्य पुरस्कालबाट कवि मानबहादुर खड्का (एमवि) सम्मानित हुनुभएको छ ।
समितीले चरिकोटमा आज आयोजना गरेको पुरस्कार वितरण तथा पुस्तक सार्वजनिक कार्याक्रममा कवि खड्कालाई नगद सहित सम्मान गरेको हो । कवि खड्काले साहित्य सम्वन्धी विभिन्न पुस्तकहरु प्रकासनमा ल्याउनु भएको छ । विष्णुलक्ष्मी साहित्य पुरस्कार समितीले प्रत्येक वर्षा माघ १ गते एकजना साहित्यकारलाई सम्मान गर्दै आएको छ । दोलखाका वरिष्ठ पत्रकार चिरञ्जीवि मास्केले आफनो जन्म दिने आमा र कर्म दिने दुई आमाहरुको सम्झनामा स्थापना गरेको विष्णुलक्ष्मी साहित्य पुरस्कार समितीको गठन गरि पुरस्कार वितरण गर्दै आउनु भएको छ । आफनो जन्म दिने र कर्म दिने दुई आमा रहेको र उहाँको सम्झनामा आज आफनो जन्म दिन पनि भएको हुँदा जन्म दिनकै अवसरमा एक कार्यक्रमको आयेजना गरि पुरस्कार वितरण गरेको समितीका संरक्षक चिरञ्जीवी मास्केले बताउनु भयो ।
कार्यक्रमको अवसरमा दोलखाको विभिन्न धार्मिक क्षत्रहरुलाई समेटेर तयार पारिएको प्रदेय नामक पुस्तक सार्वजनिक गरिएको छ । धार्मिक दृष्टीकोणले महत्वपुर्ण मानिने दोलखा भित्रका मठ मन्दिरहरुको ऐतिहाँसिक कुराहरुलाई समटेटेर तयार पारिएको पुस्तक भिमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केशीले विमोचन गर्नु भएको हो । पुस्तक विमोचन गर्नुहँदै नगर प्रमुख केसीले पत्रकार मास्केले आफनो आमाहरुको सम्झनामा गरेको कार्यले आमाहरको सम्झना मात्र नभई दोलखाको साहित्यक क्षत्रको विकासमा थप टेवा पुगेको बताउनु भयो । कार्यक्रममा विभिन्न साहित्यकाहरुले साहित्यक कृति वाचन गरेका थिए ।