छोराको जन्मदिनको अवसरमा गुभाजू दम्पतीद्वारा विद्यार्थीलाई स्टेसनरी बितरण

दोलखा संवादाता, २४ मंसिर ; आफ्नो छोरो लविन गुभाजू १ वर्ष पूरा भएको अवसर पारेर नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एबम् दोलखाका लोकप्रिय युवा नेता लक्ष्मण गुभाजू र विगुल फाउण्डेशन नेपालको अध्यक्ष विपना श्रेष्ठले समता बिधालय चरिकोट, दोलखामा अध्यनरत नर्सरी, यूकेजी, एलकेजी र कक्षा ५ सम्माका २०० जना बालबालिकालाई स्टेसनरी सामग्री सहयोग गरेका छन् ।

लविन गुभाजू आफ्नो छोरा १ वर्ष पूरा भएको अबसरमा जन्मदिन मनाउने पैसा समता स्कुल चरिकोट, दोलखामा अध्यनरत गरिब-असाहे बालबालिकालाई मध्यनजर गरि स्टेसनरी सामाग्री सहयोग गरेको बिगुल फाउन्डेसन नेपालको अध्यक्ष एबम् लबिनको आमा बिपना श्रेष्ठले बताउनुभयो ।

जुन मानिस परमात्मामा अटूट श्रद्धा राखेर मानवको सेवामा लागिरहन्छ उ कहिल्यै वृद्ध हुदैन भन्ने संकल्प लिएर आफू समाज सेवामा लामो समय देखि लागेको र छोराको जन्म दिनको अबसरमा बिद्यार्थीहरुलाइ शैक्षिक सामग्री सहयोग गरेको लक्ष्मण गुभाजु ले बताउनु भयो । गुभाजू दम्पतीले विगुल फाउण्डेशन नेपाल मार्फत विभिन्न स्कुल र कलेजहरुमा गरिब, अशाहे र अनाथलाई मध्यनजर गरि आर्थिक अभावले पढ्न नसक्नेहरुले पनि पड्न पाउनुपर्छ भन्ने उदेश्यले शैक्षिक अक्षेकोष खडा गरि विभिन्न क्षेत्रमा सहयोग गर्दैआएको छ ।

दोलखा सदरमुकाम चरिकोट पुरानो बजार नजिक रहेको समता स्कुलको प्राङ्गणमा आयोजित स्टेसनरी सामग्री हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाईं, पत्रकार महासंघ दोलखाका पुर्ब अध्यक्ष जिबन लामा, नेकपा एमाले दोलखाका सचिबालय सदस्य एबम् समाजसेवी टहल बहादुर थामि, समता स्कुल दोलखाका प्रमुख जानकि श्रेष्ठ लगाएतले धन्यवाद दिएको थिए । समता स्कुल समता फाउण्डेसनमार्फत देशका ७५ जिल्लामा संस्थापक उत्तम सञ्जेल र विद्यालयका संरक्षक हास्यकलाकार हरिवंश आचार्य लगाएतले बिसुद्द सामाजिक उदेश्यले स्थापना गरेको हुन् । यस विद्यालयले मासिक १ सय रुपैयाँमानै अंग्रेजी माध्यमबाट अध्यापन गराउँदै आएको छ ।