गौरीशंकर गाउँपालिकाको दीर्घरोगीलाई एमाले सम्पर्क मंचको आर्थिक सहयोग

२४ काठमाडौं
नेकपा एमाले काठमाडौं–गौरीशंकर गाउँपालिका सम्पर्क मञ्चले देउसी भैलो कार्यक्रम संचालन गरि संकलन गरेको रकम दीर्घ रोगीहरुलाइ हस्तान्तरण गरेको छ ।

मन्चले देउसी भैलो कार्यक्रम गरि संकलन गरेको रकम आज एक कार्यक्रमका बिच दोलखाका प्रतिनिधि सभा सदस्य पार्वत गुरुङ्ले गौरिशंकर गाउपालिकाका दीर्घ रोगी हरुलाइ हस्तान्तरण गर्नु भएको हो । रकम गौरिशंकर गाउपालिका २ का मिर्गौला पिडित दिनेश कुमार कार्की , गौरिशंकर ३ का प्यारालाइसिसका बिरामि इन्द्र बहादुर खत्री , गौरीशंकर ९ का मुटु रोगी लादिकी शेर्पा , पासाङ शेर्पा , गौरीशंकर ८ का डोमा छिरी शेर्पा , गौरीशंकर ७ का सुकु बिक, कोल्जो शेर्पा, र गौरीशंकर ६ का सम्झना श्रेष्ठलाई सहयोग गरेको हो । काठमाडौं गौरीशंकर सम्पर्क मञ्चका अध्यक्ष नबराज खड्काको अध्यक्षतामा काठमाडौं मा आज एक कार्यक्रमको आयोजना गरि रकम हस्तान्तरण गरेको हो ।

मानवीय सेवा गरेर नेकपा एमाले ले अघि बढाएको ‘निरोगी नेपाल’ बनाउने अभियानमा सधैं साथ र सहयोग गरिरहने नेकपा नेकपा एमालेका केन्द्रिय सदस्य तथा सासंद पार्वत गुरुङले प्रतिवद्धता व्यक्त गर्नु भयो । दशै तिहारको अबसरमा देउसी भैलो कार्यक्रम संचालन गरि जम्मा गरिएको रकम बिरामी हरुका लागि उपचार गर्न सहयोग पुगोस भन्ने उदेश्यले रकम सहयोग गरेको नेकपा एमाले गौरीशंकर गाउपालिका कमिटीका अध्यक्ष जंग गुरुङले बताउनु भयो ।