चरीकोट, ११ असोज : दोलखाको विगु गाउँपालिका वडा नम्वर ४ लादुकमा पोखरीमा पौडी खेल्ने क्रममा डुवेर एक जना वेपता भएको छ ।
विगु गाउँपालिकाको वडा नम्वर ४ लादुकमा रहको शान्ती आर्दश मावि संगै रहेको पोखरीमा पौडी खेल्ने क्रममा १८ वर्षिय टिकाराम तामाङ वेपता भएको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरिक्षक सुशिल केसीले बताउनु भयो । आज दिउँसो घर नजिकै पोखरीमा साथीहरुसंग पौडी खेल्न गएका तामाङ बेपता भए पछि साथीहरुले स्थानीय र प्रहरीलाई खवर गरेको थियो । विद्यालयको नजिकै सामान्य पोखरी रहेको र वर्षयाममा पानी परेर जम्मा भएको कारण हाल ठुलो भएको हुँदा उनी पौडी खेल्ने क्रममा डुवेर वेपता भएको स्थानियहरुले बताएका छन् ।
खवर प्राप्त हुन साथ घटनास्थलमा प्रहरीको टोलि पुगेर खोजी भई रहेको प्रहरी निरिक्षक सुशिल खडकाले बताउनुभयो । निरिक्षक खड्काले आफु पनि घटनास्थलमानै भएको र पानी जमेको कारण पोखरी ठुलो भएको हुँदा मुहान वन्द गरी जम्मा भएको पानी निकालेर फाल्ने काम भई रहेको बताउनु भयो ।
