चरीकोट, २२ साउन : दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्वर ५ लापिलाङमा गएको पहिरो र त्यसले पु¥याएको क्षतिको वारेमा वाग्मती प्रदेशका दुई मन्त्रीले आज स्थलगत निरिक्षण गर्नु भएको छ ।
कालिन्चोक गाउँपालिका वडा नंम्वर ५ लापिलाङको रानीवन पहिरोको आज वागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती वस्नेत र आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले स्थलगत निरिक्षण गर्नु भएको हो । लापिलाङको खहरे रानीवन संरक्षण क्षेत्रबाट गत वर्षको साउनबाट नै पहिरो जान थालेको र उक्त पहिरोले हाल वालीनाली सहितको जग्गा जमिन कटान गरी पहिरो गाउँमा पसेपछि थप जोखिम वनेको हो । गत साल आएको पहिरोले ९ घर वगाएको थियो भने २२ घर पहिरोको उच्च खोखिममा रहेको थियो । गत वर्षको पहिरोलाई मध्यनजर गरी समयमानै पहिरो रोकथाम तथा वस्तीहरुलाई सुरक्षीत स्थानमा स्थान्तरण गर्न नसक्दा सोहि ठाउँबाट आएको पहिरोले लापिलाङका सयौँ घरहरु हाल पहिरोको उच्च जोखिममा परेको छ । पहिरोले सयौँ रोपनी खेतीयोग्य जमिन कटान गरी वस्तीमानै आई पुगेको र हाल सयौँ घरहरु उच्च जोखिमका कारण विस्थापित भई सयौँ परिवार आफन्त तथा सामुदायिक विद्यालय र पालमा वस्न वाध्य भएको कालिन्चोक गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकले बताउनु भयो । पहिरोकै कारण केहि परिवार भुमिहिन तथा घरवार विहिन वन्न पुगेको उहाँले बताउनु भयो ।

मानविय क्षेती नभए पनि पहिरोका कारण ठुलो क्षती पुगका कारण लापिलाङमा आज वागमती प्रदेशका दुई मन्त्री सामाजिक विकास मन्त्री र आन्तरीक मामिला तथा कानुन मन्त्रीले स्थलगत निरीक्षण गरी पिडित परिवार संग भेटघाट गर्नु भएको हो । पहिरोको निरिक्षण गर्नुहुँदै आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले वागमती प्रदेशको यो वर्षकै ठुलो पहिरो सिन्धुपाल्चोकमा र मानविय क्षती नभए पनि त्यस पछि लापिलाङको पहिरो ठुलो भएको हुँदा प्रदेश सरकारको प्रत्यक्ष ध्यानकर्षण भएको र स्थलगत रुपमा निरिक्षणको लागि आफुहरु पहिरो क्षत्रमा आएको उहाँले बताउनु भयो । विस्थापित भएका परिवारहरुलाई स्थानिय तह मार्फत तत्काल रहात सामग्रीहरु उपलब्ध गराउने काम भई रहेको र स्थाई वसोवासको लागि वागमती प्रदेशले व्यवस्थापन गरिने उहाँले बताउनु भयो । पिडित परिवारहरुलाई तत्कालको लागि प्रति परिवार २५ हजार र पक्कि घर निर्माणका लागि प्रति परिवार ४ लाखका दरले रकम उपलब्ध गराउने वागमती प्रदेश सरकारको नीति रहेकोले सुरक्षीत स्थान पहिचानको लागि मन्त्री पाण्डेले गाउँपालिकालाई निर्देशन दिनु भयो । पहिरोले जग्गा जमिन तथा घरहरु ठुलो मात्रामा क्षती गरेको र सिंगो गाउँनै पहिरोको उच्च जोखिममा रहेका कारण सुरक्षीत स्थानमा सरेर वस्नका लागि सामाजिक विकास मन्त्री सरस्वती वस्नेतले आग्रह गर्नु भयो ।
लापिलाङ खहरे रानिवन पहिरोकै कारण केहि दिन देखि पहिरोले जमिन कटान गरि वस्ती मा प्रवेस गरे संगै लापिलाङको सयौँ घर परिवार विस्थापित भएका छन् । पहिरोका कारण कति घर परिवार उच्च जोखममा रहेको र के कति क्षती पुगेको भन्ने वारेमा पालिकाले क्षतिको विवरण संकलन गरि रहेको गाउँपालिका उपाध्यक्ष कालिका पाठकले बताउनु भयो । दैनिक रुपमा पहिरो जान थाले पछि भैतिक क्षति संगै नगरिकहरुमा मानसिक रुपमा समेत त्रास फैलिदै गएकोले नेपाल सरकारको अगुवाइमा पहिरो पिडितहरुको सुरक्षित आवसको व्यवस्था वस्ती स्थानतरण क्षती न्यूनिकरणका सवालमा अल्पकालिन तथा दिर्घकालिन योजना बनाई समयमानै नागरिकहरुको जिवन स्तरमा सुधार ल्याउने खालको राहत तथा प्याकेजको कार्यक्रमहरु ल्याउनका लागि वडा नम्वर ५ का वडा अध्यक्ष सुवास थामीले सरकारलाई आग्रह गर्नु भयो ।