तामाकोशीको नवौँ गाउँसभा सम्पन्न ७० करोड ७५ लाख बराबरको बजेट सार्वजनिक

पुस्कर महत, तामाकोशी ।

दोलखाको तामाकोशी गाउँपालिकाले आर्थिक वर्ष २०७८र०७९ को बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाले विहिबार आयोजित नवौँ गाउँसभा मार्फत ७० करोड ७४ लाख ६४ हजार ४३ रुपैँया बराबरको बजेट सार्वजनिक गरेको हो । वित्तिय समानिकरण अनुदान, सशर्त अनुदान, समपूरक र विशेष अनुदान शिर्षकमा संघिय सरकारबाट ३७ करोड ३५ लाख, विद्युत रोयल्टि बाँडफाँड अन्तरगत ९ करोड १९ लाख ८ सय ७४ रुपैँया र राजश्व बाँडफाँड अनुदान शिर्षकमा ६ करोड ३५ लाख ५३ हजार अनुदान प्राप्त गरेको तामाकोशी गाउँपालिकाले यस वर्ष प्रदेश सरकारबाट भिविभन्न शिर्षकमा प्राप्त ८ करोड ६१ लाख ७२ हजार १ सय ६९ रुपैँया सशर्त अनुदान प्राप्त गरेको छ । संघिय सरकार र प्रदेश सरकारबाट गरी कुल ६१ करोड ५१ लाख ६४ हजार ४३ रुपैँया अनुदान प्राप्त गरेको तामाकोशी गाउँपालिकाले आर्थिक वर्ष २०७८र०७९ मा २ करोड आन्तरिक आम्दानी हुने अनुमान गरेको छ । विश्वभर फैलिको कोरोना भाइरस कोभिड(१९ लगायत विभिन्न कारण चालु आर्थिक वर्षमा खर्च हुन नसकेको रकमलाई तामाकोशी गाउँपालिकाले कोष मौज्दातको रुपमा राखी करिव ७ करोड रकम आगामी आर्थिक वर्षको बजेटमा अल्या गरेको देखिन्छ ।

विभिन्न शिर्षकमा करिव ७१ करोड आम्दानी गरेको गाउँपालिकाले कृषि सिँचाई तथा पशु विकास तर्फ ४ करोड, स्वास्थ्य सरसफाई तथा खानेपानी तर्फ ५ करोड विनियोजन गरेको छ । त्यस्तै शिक्षा तर्फ २ करोड ५० लाख, कला, साहित्य संस्कृती र पर्यटनमा ३० लाख, सडक याताया तथा पूर्वाधार विकासमा ४ करोड विनियोजन गरेको छ भने वन वातावरण तथा भू(संरक्षणमा ६५ लाख विनियोजन गरेको छ । उर्जा, आर्थिक तथा सामाजिक विकास, युवा तथा खेलकुद विकास लगायत शिर्षकमा समेत आकर्षक वजेट विनियोजन गरेको गाउँपालिकाले सूचना प्रविधि तथा संचारमा ६५ लाख, सुशासन सार्वजनिक सेवा प्रवाहमा १० लाख, राजश्व संकलन तथा परिचालनमा ५ लाख विनयोजन गरेको छ ।

लक्षित वर्गका लागि २ करोड ४५ लाख विनियोजन गरेको गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको सिको गर्दै ७० लाख तामाकोशी रोजगार कार्यक्रम शिर्षकमा विनियोजन गरेको छ । यसरी नयाँ तथा पुराना कार्यक्रमहरुलाई निरन्तरता दिदैँ गाउँपालिकाले झण्डै ७० करोड ७५ लाख रुपैँया बराबरको बजेट सार्वजनिक गरेको गाउँपालिकाको बजेट तथा कार्यक्रम तुर्जुमा समितका संयोजक उर्मिला खड्का के।सीले जानकारी दिनुभयो ।

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७१ को उपदफा १ बमोजिम बजेट सार्वजनिक गरेको तामाकोशी गाउँपालिकाले सोहि दफाको उपदफा ३ बमोजिम गाउँसभाका सदस्यहरुलाई विहिबार पेश भएको निती तथा कार्यक्रमका विषयमा आवश्यक छलफल गरि सुझाव पेश गर्न १५ दिनको समय दिएको सभाका सभाध्यक्ष ईश्वर चन्द्र पोखरेलले जानकारी दिनुभयो । यस अवधिमा छलफल भई उपयुक्त सूझाव सहितका आधारमा पेश भएका निती तथा कार्यक्रमहरुलाई संशोधन गरी आगामि २५ गते विस्तृत बजेट सार्वजनिक गरिने गाउँपालिकाले जनाएको छ ।