पत्रकार गौतमलाई थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाण्डौँ लगियो

दर्पण संवाददाता
चरीकोट, ९ जेठ , दोलखाका पत्रकार रविन्द्र गौतमलाई स्वासप्रस्वासमा समस्या देखिए पछि थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ ।

केहि दिन देखि सामान्य ज्यरो रुघाखोकीले विरामी गौतमलाई आज एक्कासी स्वासप्रस्वासमा समस्या देखिएपछि थप उपचारको लागि काठमाण्डौ लगिएको हो । केहि दिन अघि कोभिड परिक्षण गर्दा नेगेटिभ देखिएको र घरमानै आरम गरि रहेको गौतमलाई आज एक्कासी फोक्सोमा समस्या देखिएको परिवारले जनाएको छ । कोभिड आशंकामा आज पुन एन्टीजिन परिक्षण गर्दा पोजेटिभ देखिएको चरिकोट अस्पतालले जनाएको छ । गौतमको परवारमा केहि दिन अघि कोरोना संक्रमण देखा परेको थियो । फोक्सोमा पुरै समस्या देखिएको कारण आइसियू वा भेन्टीलेटरमा राखेर थप उपचार गर्नुपर्ने भएको कारण पत्रकार गौतमलाई आज ५ हेली मार्फत काठमाण्डौको एभरेष्ट अस्पतालमा लगिएको छ ।

पत्रकार गौतम दोलखाबाट प्रसारण हुने रेडियो भिमेश्वरको स्टेशन म्यानेजर तथा दोलखाबाट अन्नपुर्ण पेष्ट दैनिकमा कार्यरत हुनुहुन्छ ।