
दर्पण संवाददाता
दोलखाको चरिकोट अस्पताल र जिरी अस्पताललाई स्तोरउन्नती गर्नका लागि दुई करोड ३५ लाख रकम विनियोज भएको छ ।
चरिकोट र जिरी दुई अस्पतालमा एच डि यू सेवा जडान गर्न र अक्सिजन प्लान्ट राख्नका लागि माग गरिएको रकममा आज अर्थ मन्त्रालयले स्विकृत गर्दै रकम विनियोजन गरेको छ । चरिकोट अस्पतालको लागि पाँच वेडको एचडियू विस्तार गर्न ८० लाख जिरी अस्पतालमा पाँच वेडको एचडियू सेवा विस्तार गर्न ८० लाख र चरिकोट अस्तपतालमा अक्सिजन प्लान्ट राख्नका लागि ७५ लाख रकम विनियोजन भएको छ ।

यी दुई अस्पतालमा एचडियू सेवा विस्तार भए पछि विरामीहरुलाई सहज हुने भएको छ । जिल्लामा कोभिडको विरामी दैनिक वृद्धि हुँदै गएको र आवश्यक उपकरण तथा प्रविधि नहुँदा समस्या हुन थाले पछि सेवा विस्तारका लागि संचार मन्त्री पार्वत गुरुङले स्वास्थ्य मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा रकम विनियोजनका लागि पहल गर्नु भएको थियो । सरकारका प्रवक्ता तथा संचार मन्त्री गुरुङले गृह जिल्ला दोलखाका दुई अस्पतालाई सुविधा सम्पन्न अस्पतालमा विकास गराउनका लागि रकम विनियोजन गर्न पहल गर्नु भएको हो । मन्त्री गुरुङको पहलमा दुई करोड ३५ लाख रकम विनियोजन भएको हो । चरिकोट अस्पालमा एचडियु जडान भए पछि जिल्लाको सवै स्थानिय तह का विरामी लाई सहज हुने भएको छ भने जिरी अस्पतालमा जिरी तथा रामेछापका विरामीलाई समेत सहज हुने भएको छ ।

हाल कोभिडको उपचार हुँदै आएको यी दुई अस्पतालहरुमा एचडियू तथा आइसियू वेड नहुँदा समस्या हुने गरेको थियो । चरिकोट अस्पतालमा संघिय सांसद पार्वत गुरुङको सहयोगमा पुर्वधार विकास कार्यक्रम अन्र्तगतबाट बजेट विनियोग भई एक वेडको एचडियू सेवा संचालनमा रहेको छ । विरामीहरुलाई थप एचडियू वेडको अश्यकता भए पश्चात अस्पतालले थप एचडियू वेडको माग गरेको थियो । कोभिड उपचार भई रहेको यी दुई अस्पतामा छोटो प्रकिया मार्फत एचडियू सेवा विस्तार गरिने छ । जिल्लामानै १० वेडको एचडियू तथा अक्सिजन प्लान्ट राख्दा विरामीहरुका लागि धेरै सहज हुने स्थायिनहरुले बताएका छन् । हाल जटिल तथा आइसियूमा राख्नुपर्ने विरामीहरुलाई दक्ष जनशतिm हुँदा पनि उपकरणको अभावमा काठमाण्डौ पठाउनुपर्ने वाध्यता रहेको छ ।



