चरीकोट २२ वैशाख, दोलखाको जिरी नगरपालिकामा आज थप १६ जनामा कोरोना भाइसर पुष्टी भएको छ ।
दोलखाको जिरी अस्पतामा ३६ जनाको स्वाब संकलन गरि परिक्षण गर्दा १६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको जिरी नगरपालिकाले जनाएको छ । जिरी अस्पतालले वैशाख २० गते स्वाव संकलन गरी परिक्षणको लागि पठाएको थियो । जस मध्ये १६ जनामा कोरोना भइसर भएको पुष्टी भएको छ ।
दोलखाको जिरी निवासी जिल्ला समन्वय समिति दोलखाका उप प्रमुख मनमाया जिरेल सहित श्रीमानलाई समेत कोरोना पोजेटिभ देखिएको छ । कोरोना भाइसर संग सुहाउँदो लक्षण देखा परे पछि उप प्रमुख जिरेल जिरी अस्पतालमा स्वाद दिनका लागि जानु भएको थियो । जिरेल तथा उहाँको श्रीमान हाल होम आइसोलेनमा रहनु भएको जिरेलको परिवारले जनाएको छ ।
दैनिक रुपमा ठुलो संख्यमा कोरोनाको विरामी थपीदै जान थालेपछि समुदाय स्तरमानै कोरोना फैलिएको हुन सक्ने आशंका गरिएको छ ।
कारोना संग मिल्दो जुल्दो लक्षण देखा परेमा अस्पतालमा सम्पर्क राख्न तथा अति आवश्यक काम वाहेक घर वाहिर ननिस्कीनका लागि जिरी नगरपालिकाले आग्रह गरेको छ ।
