गौरीशंकर १८ बैशाख ; दोलखाको गौरीशंकर गाउँपालिकामा जंग गुरुङको अध्यक्षतामा नेकपा एमाले गौरीशंकर गाउपालिका कमिटी गठन गरेको छ ।
गौरीशंकर गाउपालिका गुरुम्फिमा आयोजना गरेको नेकपा एमाले गौरीशंकर गाउपालिकाको भेलाले १५१ सदस्यीय गाउँपालिका अधिबेशन आयोजक कमिटी गठन गरेको हो । यस अघि जिल्ला भेलाले गाउँ कमिटीको अध्यक्षमा जंग गुरुङ र सचिबमा देबराम बुढाथोकीलाई मनोनित जिम्मेवार प्रदान गरेको थियो । तेस्तै पालिका इन्चार्जको जिम्मेवारीमा सोयम बहादुर खड्कालाई मनोनीत गरेको थियो ।
जिल्लाको हरेक पालिकामा एक साता भित्र सबै कमिटी निर्माण गर्ने निर्देशन अनुसार पालिकामा भेला आयोजना गरि १५१ सदस्यीय आयोजक कमिटी गठन गरेको पालिका अध्यक्ष जंग गुरुङले बताउनु भयो । पाटिको जिल्ला कमिटीको निर्देशन अनुसार पालिकामा कमिटी गठन गरेको र अब तत्काल पालिकाको सबै वडाहरुमा वडा कमिटी गठन गरिने अध्यक्ष गुरुङले बताउनु भयो ।
