चरीकोट, १६ वैशाख
राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविधुत आयोजनाको सुरुङमा आजबाट पानी हाल्न सुरु गरिएको छ ।
दोलखा जिल्लाको विगु गाउँपालिका वडा नमवर १ लामावगरमा निर्माण भई रहेको ४५६ मेगावाट क्षमाताको माथिल्लो तामाकोशी जलविधुत आयोजनाको मुख्य संरचनाहरु र उपकरणहरुको निर्माण र जडानको काम सम्पन्न भई परिक्षणको चरणमा रहेको आयोजनाले आजबाट सुरुङमा पानी हाल्न सुरु गरेको हो । लामावगर स्थित जलविधुत आयोजनाको स्थलगत निरिक्षण गर्नुृहुँदै नेपाल सरकारका प्रवक्ता संचार तथा सुचना प्रविधी मन्त्री पार्वत गुरुङ र भौतिक पुर्वधार तथा यातयात मन्त्री वसन्त नेम्वाङले संयुक्त रुपमा स्विच अन गरी दाँया र वाँयाको इन्टेक गेटहरुहरु खोलेर सुरुङमा पानी भर्ने कार्यको शुभारम्भ गर्नु भएको छ । आयोजनाको मुख्य संरचनाहरु निर्माण गरी सकेको र छिटै उत्पादनको तयारीमा रहेका माथिल्लो तामाकोशी जलविधुत आयोजनाको मन्त्री सहित उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव देवेन्द्र कार्की, नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव साक्य लगाएतको टोलिले स्थलगत निरिक्षण गर्नु भएको छ । आयोजनाको निरिक्षण गर्नुहुँदै मन्त्री गुरुङले सवै नेपाली नागरिकहरुको चासो रहेको नेपालै लागि गौरवको आयोजना रहेको र उर्जा क्षत्रमा महत्वपुर्ण मानिने आयोजना विभिन्न कारण देखाउदै निधारित समय भन्दा पछि सरीहेका कारण जति सक्दो चाँडो सम्पन्न गर्नका लागि आयोजना लाई निर्देशन दिनुभयो । निरिक्षण पश्चात संचारकर्मीहरुसंग कुरा गर्नुहुँदै प्रवक्त गुरुङले तामाकोसीले मुख्य संरचनाहरु निर्मण गरी सकेको र ति संरचनाहरु परिक्षणको चरणमा रहेका कारण परिक्षण गर्दा ति संरचनाहरुमा प्राविधीक समस्या नभएमा जेष्ठ दोस्रो साता भित्र परिक्षण उत्पादन गर्ने तयारी रहेको बताउनु भयो ।

संरचनाहरु निमांण सम्पन्न भएको आयोजनाको पहिलो चरणमा सिभिल संरचनाहरु तथा हाइड्रोमेकानिकल अन्र्तगतका गेटहरु म्यानहोल, भल्वहरु, पेनस्टक पाइपको जोडाइहरुको ड्राइ टेष्ट र वाटर वय ९धबतभच धबथ० मा पानी भरी ती उपकरण तथा संरचनाहरको वयट टेष्ट धभत तभकत गरिने छ । सो कार्य अन्र्तगत आज ड्रयाममा पानी भरी गेटहरुको परिक्षण सम्पन्न गरी सुरुङमा पनी भर्न सुरु गरिएको हो । वयट टेष्ट गरी सेकेपछि दोस्रो चरणमा विधुत गृहका ६ वटा यूनिटहरुको क्रमस परिक्षण् गरी विधुत उत्पादन गर्दै जाने तयारी रहेको छ । पहिलो चरणको कार्यहरु गर्नका लागि करीव दुई हप्ता लाग्ने र पुरै दोस्रो चरणको परिक्षण गर्नका लागि ३ महिना लाग्ने अनुमान रहेको तामाकोशी जलविधुत आयोजनाको प्रवक्ता डा गनेश न्यौपानेले बताउनुभयो । विभिन्न ९ वटा इन्टेकहरुबाट थोरै मात्रामा पानी पठाउने र अनुगमनका लागि हरेक चरणमा १२ देखि ४८ घण्टा सम्म सुरक्षा सर्तकता अपनाउदै संरचना तथा उपकरणका परिक्षण गर्नुपर्ने भएका कारण समय लाग्ने आयोजनाले जनाएको छ ।

४५६ मेगावाटको आयोजना अन्र्तगत ४७ किलोमिटर लामो २२० केभि डवल सर्किट प्रसारण लाइनको सम्पुर्ण कार्य सम्पन्न भई सकेको छ भने वर्षमा आएको पहिरोले एक टावरमा क्षती गरेको र पुन निर्माणको काम समेत भई रहेको छ । २०६७÷६८ मा निर्माण सुरु गरेको आयोजनामा मुख्य सुरुङको डिजाइन परिर्वतन, लट २ ठेकेदारको कम्जोरी कार्य सम्पादन, २०७२ को भूकम्प तथा कोभिडको कारणले आयोजनको विधुत उत्पादनको समय तालिका हेरफेर भएको आयोजनाले जनाएको छ । आयोजनाले संरचनाहरु निर्माण सम्पन्न भई सकेको र परिक्षणमा रहेका कारण परिक्षणको चरणमा अन्य प्राविधीक कम्जोरीहरु नभएमा जेष्ठको दोस्रो साताबाट ६ ओटा यूनिटहरु मध्ये एउटा यूनिटबाट उत्पादन सुरु गर्ने आयोजनाले जनाएको छ ।
