
दर्पण संवाददाता
चरीकोट, २ वैशाख ः दोलखाको ऐतिहाँसीक धार्मिक तथा पर्यटकीय क्षत्र हनुमन्ते पछिल्लो समय पर्यटकहरुको आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ ।
दोलखाको ३१ सय मिटर उचाइमा पर्ने रमणीय क्षत्र हनुमन्तेमा नेपालीहरुको नयाँ वर्ष २०७८ मनाउन वैशाख १ गते करिव ५ हजार आन्तरिक पर्यटकहरु हनुमन्ते क्षत्रको भ्रमणमा पुगेका छन् । नयाँ वर्षको अवसरमा दोलखाका प्रत्यक्ष निर्वाति प्रदेश सभा सदस्य पशुपती चौलागाई र विशाल खड्को उपस्थितीमा दोलखाको घुम्नै पर्ने पर्यटकीय क्षत्र मध्ये एक रहेको भन्दै हनुमन्तेश्वर पर्यटन क्षेत्र समेत घोषण गरिएको छ । ऐतिहाँसिक धार्मिक क्षत्र र रमणीय दृष्य अवलोकण गर्ने पाइने भएको हुँदा हनुमन्ते क्षत्रमा आन्तरिक पर्यटकहरुको आकर्षण वढदै गएको हो । नयाँ वर्षको अवसरमा हनुमन्ते क्षत्रमा करिव ५ हजार पर्यटकहरुले हनुमन्ते क्षत्रको अवलोकण गरेको वैत्येश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले बताउनु भयो । सांसदद्धाय चौलागाई र खड्काले खावा डाँडामा निर्माण गरेको हनुमन्ते प्रवेशद्धारको उदघाटन गर्दै हनुमन्ते पर्यटन क्षत्र घोषण गर्नुभएको हो ।

हनुमन्ते क्षत्रलाई पर्यटकीय क्षत्र घोषण कार्यक्रमको अवसरमा हनुमन्तेश्वर डाँडामा निर्माण गरिएको हनुमानको मुर्ति समेत अनावरण गरिएको छ । हनुमन्ते क्षत्रलाई पर्यटकीय गन्तव्य बनाउनको लागि वागमती प्रदेश सरकारले समेत विशेष चासो राख्दै आएको छ । उक्त क्षत्रमा भ्रमण गर्न आउने पर्यटकहरुलाई लक्षित गरि वागमती प्रदेश सरकारको सहयोगमा खावा वजार देखि हनुमन्तेको वेस क्याम्प मानिने मेहेले सम्म सडक मार्गका निर्माण गरिएको छ भने मेहेले देखि हनुमन्ते डाँडा सम्म पदमार्ग सिँडी निर्माण गरिनुका साथै विभिन्न क्षत्रमा पर्यटकीय संरचनाहरु निर्माण गरिएको छ ।
हनुमन्ते डाँडाको छुटै धार्मिक मान्यता रहेको कारण धार्मिक पर्यटकहरु हनुमन्ते क्षत्रमा पुग्ने गरेको पाइन्छ । हिन्दु धर्म शास्त्र अनुसार हनुमानले हुमन्तेडाँडाको पहाडवाटनै सञ्जीवनीको बुटी लगेको उल्लेख गरिको छ । परापुर्व कालमा हनुमन्ते डाँडामा हनुमानको मुर्ति आफै उत्पती रहेको किम्वंदन्ती पाइन्छ भने उक्त मुर्ति त्यस क्षत्रबाट पछि चोरी भएको स्थानियहरुले बताएका छन् । हनुमन्ते डाँडामा हिन्दु धर्मलम्वीहरुको आस्था जोडिएको र यसलाई अव रामायण सर्किट संग जोडेर धार्मिक पर्यटकहरुको आकर्षक गन्तव्य वनाउने योजना रहेको प्रदेश सभा सदस्य पशुपती चौलागाईले बताउनु भयो ।
हनुमन्तेमा जान चहाने पर्यटकहरु सहजै उक्त क्षत्रमा पुग्न सकिन्छ । चरिकोट जिरी सडक खण्ड अन्र्तगत खावा बजारबाट वेस क्याम्प मेहेले सम्म यातयातका साधन मार्फत र केहि घण्टा पैदल यात्रा पछि हनुमन्तेमा पुग्न सकिन्छ । हनुमन्तेमा हनुमानको पुजा गर्न पाउनुका साथै उक्त क्षत्रबाट विभिन्न हिमाल, रोलवालिङ हिमश्रङखला तथा आकर्षक प्राकृतिक सौन्दर्यहरुको अवलोकण गर्न सकिन्छ ।

