दर्पण संवाददाता
चरीकोट, ३० चैत्र : नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्म दोलखाका एक युवाले पैदल यात्रा सम्पन्न गरेको छ ।
दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्वर ३ मा जन्मिएका २१ वर्षिय अभिनय कार्कीले नेपालको मेची देखि महाकाली सम्म ३७ दिनमा पैदल यात्रा सम्पन्न गरेको हो । फागुन ६ गते आफ्नो जन्म दिनको अवसर पारेर मेची पुल वाट पैदल यात्रा सुरु गरेको कार्कीले चैत्र २७ गते महाकालीको कन्चनपुरको नेपाल भारत सिमाना गडडा चौकी स्थित सिमा स्तम्भ ८०५–१(७) मा पुगेर यात्रा सम्पन्न गरेका हुन ।

विश्वभर सुख, शान्ति, सम्वृद्धी र राष्ट्रय एकताको कामना सहित एक सय भन्दा वढि देशको राष्ट्रय झण्डा बोकेर पैदल यात्रा पुरा गरेको काकीले बताए । करिव २ महिना लाग्ने अनुमान गरे पनि आराम गदै यात्रा गर्ने क्रममा ३७ दिनमा आफुले यात्रा पुरा गरेको काकीले बताए । मेची देखि महाकली सम्म ३७ दिनमा आफुले करीव १२ सय किलोमिटर यात्रा गरेको कार्कीले बताए । यात्रा सकेर दोलखा आउनु भएका कार्कीले चरिकोटमा पत्रकारहरु संग कुराकानी गर्दै आव केहि दिनमा नै नेपालका ७७ ओटा जिल्लामा १०० दिनमा साइकल यात्रा गर्ने योजना रहेको छ । यात्राको क्रमममा विभिन्न क्षत्रमा सहयोग गर्ने सहयोग गर्ने सम्पुर्ण सहयोगीहरुलाई कार्कीले धन्यवाद व्यक्त गरे ।

