दर्पण संवाददाता
फागुन १३
दोलखाका बरिस्ठ पत्रकार चिरञ्जीवी मास्के प्रेस काउन्सिल नेपालको सदस्यमा नियुुक्त हुनु भएको छ ।
पत्रकार मास्केलाइ फागुन १० गते नेपाल सरकारको मन्त्री स्तरीय निर्णयअनुसार काउन्सिलको सदस्यमा नियुक्त हुनुभएको हो । नेपाल पत्रकार महासंघ दोलखाको सभापति रहि दुई कार्यकाल सफल नेतृत्व गर्दै पत्रकार महासंघको केन्द्रिय सदस्य समेत भइ सक्नु भएका मास्के दोलखा बाट सकृय पत्रकारिता गर्दै आउनु भएको छ ।
काउन्सिलमा पत्रकार मास्के सहित गणेशप्रसाद पोखरेल , हरिप्रसाद जोशी, र शरदप्रसाद अधिकारी सदस्य हुनुभएको छ । नब न्युत्त सदस्यहरूलाई काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले स्वागत गर्नुभएको छ । 