दोलखामा गरिव घरपरिवार पहिचानका लागि सुपरिवेक्षक तथा गणकलाई प्रशिक्षण दिन सुरु

दर्पन संवाददाता
चरीकोट, २६ माघ

गरिव घर परिवारको पहिचान तथा परिचयपत्र वितरणका लागि दोलखा जिल्लाको सवै स्थानिय तहमा छनोट भएका सुपरिवेक्षक तथा गणकहरुका लागि आजबाट प्रशिक्षण दिन सुरु गरिएको छ ।

जिल्ला समन्वय समिति दोलखाको हलमा छनोट भएका कर्मचारीहरुका लागि ५ दिने प्रशिक्षण तालिम आजबाट सुरु भएको हो । प्रशिक्षण कार्यक्रममा दोलखाको दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानिय तहका ९ जना सुपरिवेक्षक र ५० जना गणकहरु सहभागी भएका छन् । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयको गरिव घर परिवारको पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम अन्र्तगत छनोट भएका कर्मचारीहरुले आफनो पालिका भित्र परिचालित भई यो आर्थिक वर्ष भित्र गरिव घर परिवारको पहिचान गरी सक्नुपर्ने छ । गरिव घर परिवारको आर्थिक अवस्था जग्गाको अवस्था, परिवारको अवस्था,वसोवासको अवस्था लगाएत ९ ओटा सुचकको आधारमा गरिव घर परिवारको पहिचान गरिने छ ।

प्रशिक्षण कार्यक्रमको उदघाटन गर्नुहुँदै जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डेले प्रशिक्षणले कर्मचारीहरुलाई काम गर्नका लागि थप ज्ञान र सिप सिकाई क्षमता अभिवृद्धिका लागि सहयोग पुग्ने बताउनु भयो । प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले सुचाङकको आधारमा ज्ञान सिपको प्रयोग गरी वास्तविक डाटा परिचानको लागि आग्रह गर्नुभयो ।