अन्तरजातिय विवाह गर्ने जोडिलाई नगरपालिकाद्धारा नगद सहित सम्मान

दर्पण संवाददाता
चरीकोट, ११ माघ 
दोलखाको भिमेश्वर नगरपालिकाले अन्र्तर जातिय विवाह गर्ने एक जोडिलाई नगद सहित सम्मान गरेको छ ।

जिल्लाको भिमेश्वर नगरपालिकाले नगरपालिकाको २५ औँ स्थापना दिवसको अवसरमा अन्तरजातिय विबाह गर्ने भीमेश्वर नगरपालिका वडा नम्वर ३ का प्रदिप सेञ्चुरी र शैलुङ गाउँपालिका वडा नम्वर ६ का नेत्राकुमारी खड्कालाई नगद ५० हजार सहित सम्मान गरेको हो । विवाहित जोडिलाई जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डे र भिमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसी प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले संयुक्त रुपमा नगद सहित सम्मान गरेको हो । सरकारले अन्र्तर जातिय विवाहलाई प्रोत्साहन गरे पनि अझैपनि समाजमा अन्र्तरजातिय विवाहले स्थान पाउन नसकिरहेको अवस्थामा सेन्चुरी र खडका विच विवाह गर्ने जोडिलाई भिमेश्वर नगरपालिकाले सम्मान गरेको हो । स्थानिय रेडियोमा कार्यरत सेन्चुरीले केहि महिना अघि खड्कासंग प्रेम विवाह गरेको थियो । दलित र गैर दलित विचको अन्यायपुर्ण कुमान्यतालाई तोडेर समाजमा उदाहरण दिने जोडिलाई नगद ५० हजार सहित सम्मान गरेको भिमेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले बताउनु भयो ।