दर्पण संवाददाता
चरिकोट, साउन २६
दोलखाको भिमेश्वर नगरपालिका वडा नम्वर २ स्थिति दोलखा बजारमा धुलिखेल अस्पताल अन्तर्गतको दोलखा अस्पतालले सम्पूर्ण उपचार सेवा सुरु गरेको छ ।
काठमाडौं विश्वविद्यालयको गुणस्तरीय स्वास्थ्य सेवा जनताको घर दैलोमा भन्ने नाराका साथ धुलिखेल अस्पतालद्धारा दोलखा बजारमा ५५ शैया क्षेमताको दोलखा अस्पताल सञ्चालन गरेको हो । ५५ शैया क्षमताको यो अस्पालबाट २४ सैं घण्टा सेवा प्रदान गरिने अस्पतालले जनाएको छ । हाल सुरक्षित सुत्केरीका लागि शल्यकृया सहित ओ.पि.डि सेवा, २४ सैं घण्टा आपतकालिन सेवा, एक्स–रे सेवा, प्रयोगशाला, ई.सि.जि.सेवा सञ्चालन थालिएको काठमाडौं विश्वविद्यालय जनस्वास्थ्य तथा सामुदायिक विभाग अन्तर्गत स्कुल अफ मेडिकल साइन्सका सह प्रध्यापक रोशनकुमार महतोले जानकारी दिनु भयो ।

हिमाली जिल्ला दोलखामा सुविधा सम्पन्न राम्रो अस्पतालन नहुँदा सामान्य उपचारको लागि समेत नागरीकहरु काठमाण्डौ जानुपर्ने वाध्यता रहेको थियो । जिल्लालाई मध्यनजर गरी जिल्लामानै पहिलो पटक आइसीयू सहितको व्यवस्थापन गर्न लागेको अस्पतालले आइसीयू कक्षको व्यवस्थापन भई रहेको र केहि दिनभित्रै आइसियू सेवा संचालनमा आउने अस्पतालले जनाएको छ ।

अस्पतालमा कोभिड–१९ का कारण बिरामी परेका विरामीहरुका लागि आईसोलेशन वार्डको ब्यवस्था सहित स्वाव संकलन गरी धुलिखेल अस्पतालमा पठाउने व्यवस्था गरिएको छ । अस्पतालमा विशेषज्ञ सहितको टोली २४ सै घण्टा रहने व्यवस्था गरिएको सहप्रध्यापक महतोले जानकारी दिनुभयो ।
