चरिकोट अस्पतालले दियो डोमालाई नयाँजीवन

जानुका न्यौपाने
कोरोना भाइरस संक्रमणका कारण विश्व नै आक्रान्तभएको समयमा सम्पूर्ण पक्षमा समस्याग्रस्त भएको छ । विश्व परिवेशसँगै नेपाल र त्यसमा पनि दोलखा जिल्ला पनि त्यसबाट अछुतो रहने कुरै भएन । सबैतिर बन्दाबन्दीको लामो समय भएको छ । यो नागरिककै हितमा गरिएको हो भन्ने बुझिन्छ । तर कहिलेकाही जटिल स्वास्थ्य समस्या आउँदा के गर्ने र कता जाने भन्ने सर्व साधारण नागरिकलाई पर्ने रहेछ । सन्दर्भ डोमा शेर्पाको पाठेघर बाहिर बसेको गर्भका कारण झण्डै ज्यानै गुमाउनु परेको अवस्थाको हो ।

१ छोरा ३ छोरी की आमा वर्ष ४० की डोमा शेर्पा कालिञ्चोक १ स्थायी घर भई कालिञ्चोक कै कुरीमा श्रीमान होटल व्यवसाय सञ्चालन गर्ने र उनी हाल छोरा छोरीको पढाईलाई मध्यनजर गरी उनीहरुकै अध्ययनको शिलशीलामा भीमेश्वर नगरपालिका वडा नं.६ मा बसोबास गर्दै आएकी छन् । उनी ४ सन्तानकी आमा हुन् । उनी ३÷४ दिनदेखि दुःखाईको पीडामा छट्पटाइ रहेकी थिइन । शौचालय गएर दिशापिसाब गर्न बस्न पनि अति असहज हुने, उठ्न, बस्न नसक्ने अवस्था सिर्जना भयो । मलाई धेरै असह्यभयो भनेपछि उनको परिवारले स्थानीय स्वास्थ्य संस्थामा परीक्षणको लागि पु¥यायो ।

स्वास्थ्य संस्थामा पुगेपछि उनीलाई फोक्सोमा (पानीजमेको) समस्या छ तुरुन्त काठमाण्डौ जानु पर्छ भनेर काठमाण्डौ जान सल्लाहप्रदान गरियो । तर, शेर्पालाई भने अत्याधिकदुःखाइका कारण काठमाण्डौ पुग्ने आँट पनि आएन र परिवारका सदस्य र छिमेकी बीच छलफल गरी प्राथमिक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल) चरिकोटमा उपचारका लागि आइपुगिन । परीक्षणको लागि डाक्टरले अस्पतालको शैंयामा राख्दा पनि मर्छुकी जस्तो लागि रहेको थियो भनि डोमाले कुरानाीको शिलशीलामा बताइन । डाक्टरले परीक्षण गर्न खोज्दा पनिमरिहाल्छुकी भनेर शरीर छुन दिन पनि डराइरहेको बेलामा तपाईंले परीक्षण गर्न दिनु भयो भने मात्रतपाईंको समस्याथाहा हुन्छ भनेपछि सहननसके पनि जेसुकै होस मरे पनि मर्छु भनेर म सुतें त्यसपछि तुरुन्तै डाक्टरले भिडियो एक्स–रे गरेर मेरो समस्या पत्ता लगाए । र, भने तपाईंको त पाठेघर (बच्चादानी) भन्दाबाहिर (डिम्वबाहिनी नलीमा) बच्चा बसेको छ तुरुन्तै शल्यक्रिया गर्नुपर्छ । मैले ज्यान बचाउनु होस भनेपछि तुरुन्तै शल्यक्रिया गरी मलाई मर्नबाट बचाउनु भयो भनि खुशीव्यक्त गरिन शेर्पाले ।

यस्तो खालको समस्यालाई मेडिकल भाषामा एक्टोपिकगर्भ भनिन्छ जुन एक हजार जनामा १ जनालाई मात्र हुन्छ र यस अस्पतालमा भने ४ वर्षमा १७ जनाको सफलशल्यक्रिया भैसकेको छ । यो नेपालको मातृ मृत्यू हुने कारण मध्येको तेस्रो मूख्य कारण पनि हो । उपचारमा संलग्न डा.विनोद दंगाल, डा. तुलाकृष्ण गुप्तार उहाँको टिमले एक्टोपिकगर्भको बारेमा जानकारी दिनुभएको हो । सामान्य रुपमा गर्भ पाठेघरमा बस्छ । तर, यो समस्यामा भने गर्भ पाठेघरमा नबसी डिम्ब बाहिनीनली या डिम्बासय या पेटमा बस्छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार यस्तोगर्भ रहँदा सामान्यतया पेट दुख्ने, योनीबाट रगत बग्ने र महिनावारी रोकिने हुन्छ । यो प्राय गर्भवती भएको ६ देखि ८ हप्तामा हुन्छ जुन बेला गर्भ फुटेर रगत पेटमा जम्मा हुन्छ र समयमा शल्यक्रियान भएमा तुरुन्त आमाको मृत्यू हुन्छ । यो आमाको ज्यानै जोखिममा जाने खालको तेस्रो जटिल समस्या हो ।
म पहिला परिवारनियोजनको अस्थायी साधन ३ महिने सुई (डिपो प्रोभेरा) लगाउँथें । विस्तारै शरीर मोटाउँदै गयो र शरीरका विभिन्न ठाउँमा दुख्ने, नसाहरु दुख्ने समस्या देखा परेपछि स्वास्थ्य परीक्षण गराउन जाँदातपाईंलाई मधुमेह शुरु हुनलागेको छ शरीरको तौल घटाउनु पर्छ भनेर स्वास्थ्यकर्मीले परामर्श दिएपछि मैले ३ महिने सुई लगाउन छोडें । अहिले मलाई बच्चा बसेको छ भन्ने पनि थाहा थिएन । थाहै नपाई झण्डै ज्यानै गयो । यस अस्पतालमा आएपछि डाक्टरले मलाई मेरो अवस्था खतरामा छ भने पछि मलाई लाग्यो धन्न समयमै यस अस्पतालमा आएर मेरो ज्यान बाँच्यो । मेरा ४ वटा छोराछोरी छन् मलाई सन्तानको रहर छैन मेरो अप्रेशन गरिदिनोस् मलाई बचाउनुहोस भनें । अहिले मेरो पाठेघर बाहिर बसेको बच्चा पनि निकालियो र स्थायीबन्ध्याकरण पनि गरिदिनु भयो । म बाँचें सबै भन्दाखुशी त्यसैमा छ । यदि समयमै यस अस्पतालमा नआएर केही ढिलासुस्ती गरिएको भएवा म काठमाण्डौ जान्छु भनेर बन्दाबन्दीको समयमा सोच बनाएर प्रकृया अगाडि बढाउन थालेको भएपनि मेरो ज्यानै जाने रहेछ धन्यवाद मेरो उपचारमा संलग्न यस अस्पतालका सम्पूर्ण टिम डाक्टर अनि नर्सहरुलाई अनि समयमै यस अस्पतालमा ल्याउने परिवारका सदस्य अनि शुभ चिन्तकहरुलाई भनेर धन्यवाद व्यक्त गरिन डोमाले ।

चरिकोट अस्पतालमा बच्चा निकाल्ने सामान्य शल्यक्रिया हुन्छ भन्ने त सुनेको थिएं तर यस्तो जटिल शल्यक्रिया हुन्छ भन्ने मलाई लागेको थिएन । हर्षविभोर हुँदै बताउँछिन यस्तो विशेषशल्यक्रियापनिचरिकोटको यसै अस्पतालमा सम्भव रहेछ । बन्दाबन्दीमा काठमाण्डौ जाननपाएर ज्यानगुमाउनु परेन । यस अस्पतालले यस्तो राम्रो काम गरेर मेरो लागि ठूलो उपकार त गरेकै छ र अन्य सबैका लागि ज्यान बचाउन ठूलो योगदान पु¥याउने छ र पु¥याइरहेको छ भन्ने विश्वास गरेको छु भनि बताउँछिन शेर्पा । यो शल्यक्रियामा.डा.विनोददंगाल, डा. प्रमिला भुसाल, डा.करुणा खातीर नर्स रश्मीबासीको संलग्नता रहेको थियो । उहाँहरुले सफलतापूर्वक मेरो यो जटिल शल्यक्रिया गर्नु भएको हो । ४ सन्तान र मेरो सम्पूर्ण परिवारको साथमाखुशी साथबाँच्नपाएं यही नै मेरो भाग्यभयो यहाँका डाक्टरहरुलाई भगवान मान्छु म भनेरहर्ष व्यक्त गरिन ।

सबै भन्दा जेठी छोरी दिकी शेर्पा खुशी व्यक्त गर्दै बताउँछिन यस्तो जटिल अवस्था बन्दाबन्दीमा पनि मेरी आमालाई खतरामुक्तबनाई शल्यक्रिया गरिदिनु भयो मात्र खुशी व्यक्त गरेर पनिपुग्दैन । यसरी उपचार सेवादिएकोमा चरिकोट अस्पतालमा कार्यरत र मेरो आमाको शल्यक्रियामा संलग्न सम्पूर्ण डाक्टर, नर्स अनि सहयोगीहरुलाई धन्यवादसहित निरन्तर सफलताको शुभकामनादिदै परिवारको खुशीफर्किएको बताइन ।