मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था चरिकोट शाखालाई घरभाडा छुट

दर्पण संवाददाता
चरिकोट, असार २३
सरकारले कोरोनाको महामारीले परेको असरलाई मध्यनजर गरि एक महिनाको घर भाडामा सहुलियत दिन आग्रह गरिरहेको वेला दोलखाको चरिकोटमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वितिय संस्था लाई घरधनीले भाडा छुट गरेको छ ।

दोलखाका घरधनि जसले कोरोना भाइरसको कारण गरिएको लकडाउले पारेको प्रतिकुल अवस्थामा फाइनान्सलाई सघाउन एक महिनाको घर भाडा छुट गरिएको मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा प्रमुख शान्ति प्रसाद काफ्लेले बताए ।

लकडाउनका कारण दैनिक जीवनको बहुआयामिक पक्षलाई नकारात्मक प्रभाव पारेको छ । यो बेला कोरोना भाइरस संग लड्दै, संकटको बेला एकले अर्कालाई साथ दिएर नै अघि बढ्दा दुबैलाई फाइदा रहेको र अहिलेको परिस्थिति बुझेर नै फाइनान्सलाई भाडा छुट गरिएको घर धनी अम्वीका खतिवडाले बताए ।

चरिकोटमा शाखा कार्यालय राखी सेवा दिँदै आएको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थालाई एक महिनाको भाडा छुट गरेको शाखा प्रमुख काफ्लेले बताए ।
मेरो माइक्रोफाइनान्सले लकडाउनको समयदेखि नै सबै शाखाहरु मार्फत साबधानीका साथ ग्राहकहरुलाई सेवा प्रवाह गरिरहेको छ । साथै, घरभाडा छुट रकमलाई पनि स्थानिय स्तरकै कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोग गर्ने संस्थाले जनाएको छ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख ६० हजार सहयोग गरिसकेको छ ।

मेरोमाइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लामा १२० शाखा कार्यालय र मनमैजु अनुगमन कार्यालय काठमाण्डौं अन्र्तगत दोलखामा २ शाखासहित ८ जिल्लामा १२ शाखा कार्यालय मार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।