मेलुङ गाउपालिका वडा नं २ को वडा कार्यालय भवन निर्माण सम्पन्न

दर्पण संवाददाता
असार २१ मेलुङ

दोलखको मेलुङ गाउँपालिका वडा नम्बर २ सुकाठोकर को वडा कार्यलय भवन निमार्ण सम्पन भएको छ ।

मेलुङ गाउँपालिको चालु आर्थिक वर्ष २०७६/७७ को ४३ लाख रुपैयाँ बजेटमा सोहि गाउँपालिकाको वडा नम्बर २ स्थित पिपल डाडाँमा पाँच कोठे कार्यलय भवन सम्पन भएको वडा नम्बर २ का वडा अध्यक्ष जित बहादुर भण्डारीले बताउनु भयो । उपभोक्त समितिले निर्माण कार्य समयमानै सम्पन्न गरेको हो । पालिकाले वडाको पक्की भवन निर्माण गर्नका लागि ४३ लाख रकम बिनियोजन गरेको थियो ।

वडाको आफ्नै भवन न भएपछी लामो समय देखि भाडामा सञ्चालन गर्दै आएको थियो । आफ्नै निर्माण सम्पन्न भएसंगै नगरिक हरुलाई सेवा लिन र पालिकालाइ समेत सहज भएको अध्यक्ष भण्डारीले बताउनु भयो ।