दर्पण संवाददाता
प्रधानमन्त्री केपि शर्मा वलिको स्वास्थलाभको कामना गर्दै दोलखाको भिमेश्वोर मन्दिरमा आज सांझ दिप प्रज्वलन गरेको छ ।
भिमेश्वोर मन्दिरमा आज साझ अनेरास्ववियु दोलखा र युवा संघ नेपाल दोलखाले प्रधानमन्त्री केपि शर्मा वलिको स्वास्थलाभको कामना गर्दै दिप प्रज्वलन गरेको हो । अस्पतालमा आज मिर्गौला प्रत्यारोपन गरि आराम गरि रहनु भएका प्रधानमन्त्रीको स्वास्थ लाभको लागि आफुहरुले भिमेश्वोर मन्दिरमा दिप प्रज्वोलन गरि स्वास्थलाभको कामना गरेको अनेरास्ववियु दोलखाका सहसंयोजक राजकुमार ढुंगेलले बताउनु भयो।
