दर्पण संवाददाता
सोनाम ल्होछार (नयाँ वर्ष) जिवा ल्हो (मुसा वर्ग) को पूर्वासन्ध्यामा तामाङ चलचित्र संघको आयोजनामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आज काठमाडौ मा सम्पन्न भएको छ ।
शुक्रबार टुँडिखेलमा आयोजित प्रतियोगितामा तामाङ पत्रकार संघ, राष्ट्रिय तामाङ घेदुङ, नेपाल तामाङ युवा घेदुङ, आपा ङाछा र आयोजक लगायत पाँच टिमको सहभागिता रहेको थियो।
मैत्रीपूर्णको खेलमा राष्ट्रिय घेदुङ पहिलो, युवा घेदुङ दितिय भएका छन् । यसैगरी पत्रकार संघले तेस्रो स्थानमा चित्त बुझाएका छन् ।
ल्होछारको अबसरमा तामाङ समुदायमा एकताको सन्देश दिनका लागि मैत्रीपुर्ण खेलको आयोजना गरेको नेपाल आयोजक संस्थाका अध्यक्ष विकु थोकरले जानकारी दिनु भयो । गत वर्षको ल्होछारमा पनि संंघले मैत्रीपूर्ण खेलको आयोजना गरेका थिए ।