दोलखाको पवटीमा आजबाट सुन्तला महोत्सब सुरु

दर्पण संवाददाता
पवटी, मंसिर २८

दोलखाको मेलुङ गाउपालिका वडा नंम्बर १ पवटीमा आज बाट सुन्तला महोत्सब सुरु भएको छ ।

मेलुङ गाउपालिकाको आयोजनामा दोलखाको पवटीमा आज र भोली दुई दिने सुन्तला महोत्सवको आयोजना गरेको हो । दोलखाको मेलुङ गाउपालिकामा सुन्तला उत्पादनमा वृद्धि गर्ने र उत्पादित सुन्तलालाइ बजारिकरण गर्ने उदेश्यले महोत्सवको आयोजना गरेको गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठले बताउनु भयो । महोत्सवको उदघाट्न प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङेगेलले गर्नु भएको छ । महोत्सबमा उत्पादित सुन्तलाहरुको प्रदर्शन गरिएको छ