दर्पन संवाददाता
मेलुङ मंसिर १
दोलखाको मेलुङ गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका स्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधी कालिन्चोक गाउँपालिकाले हात पारेको छ ।
आज भएको फाइनल खेलमा तामाकोशी गाउँपालिकालाइ हराउदै कालिन्चोक गाउपालिकाले उपाधी जितेको हो । दोलखाको मेलुङ टुंडिखेल खेलमैदानमा कार्तिक २९ गते देखि संचालन भएको खेलमा तामाकोसी गाउँपालिका द्वितीय, गौरीशंकर गाउँपालिका तृतीय र बिगु गाउँपालिका सान्त्वना भएका छन।

उपाधीको हात पार्दै कालिन्चोक गाउँपालिकाको टिमले सिल्ड मेडल र नगद ८० हजार प्राप्त गरेका छ्न । उपबिजेता तामाकोशी गाउँपालिकाले नगद ६० हजार सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छ्न । तृतीय स्थान प्राप्त गर्ने गौरीशंकर गाउपालिकाले नगद ४० हजार र सान्त्वना बिगु गाउपालिकाले नगद २० हजार सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छ्न ।

बिजयी टिम तथा खेलाडीहरुलाई जिल्ला समन्वय समिती दोलखाका प्रमुख डबल पान्डेले पुरस्कर वितरण गर्नुहुदै शुभकामना व्यक्त गर्नु भएको थियो । खेलमा दोलखा जिल्लाका बिबिन्न स्थानिय तहका ७ टिमको सहभागिता रहेको थियो ।
