प्रभु जिरेल
चरिकोट, ९ असोज
नेपालकै सवैभन्दा ठुलो हिमताल च्छोरोल्पा हिमताल सम्म पर्याटकहरुलाई लक्षित गरि स्विस सरकारको सहयोगमा व्यवस्थीत पदमार्गको निर्माण सम्पन्न भएको छ ।
दोलखाको गौरिशंकर गाउँपालिका वडा नम्वर ९ गौरिशंकरमा पर्नेे च्छोरोल्पा हिमताल सम्म स्विस सरकारको १० करोड आर्थिक सहयोगमा पदमार्गको निर्माण गरिएको छ । गौरिशंकर गाउँपालिका अन्र्तगत गौरिशंकर संरक्षण क्षेत्रमा पर्ने नेपालकै सवैभन्दा ठुलो हिमताल च्छोरोल्पा सम्म ४० किलोमिटर रोल्वालिङ पदमार्गको निर्माण गरि गौरिशंर संरक्षण क्षेत्र र गाउँपालिकालाई हस्ताण्तरण गरेको छ । करिव १० करोडको लागतमा छोत्छोत देखि च्छोरोल्पा सम्म ३३ किलोमिटर र ना देखि यलुङपास सम्म ७ किलोमिटर पदमार्गको निर्माण तथा स्तोर उन्नतीको काम सम्पन्न गरेको छ ।
विकेन्द्रीत ग्रामिण पुर्वाधार तथा जिविकोपार्जन सुधार परियोजना ÷ भुकम्प आपत्कालिन सहायता आयोजना अन्र्तगत २०७३ साल देखि पद मार्ग निर्माणको काम संचालन हुँदै आएको थियो । विनाशकारी भुकम्पबाट भएको धनजनको क्षतिलाई मध्यनजरमा राखी पुन निर्माण तथा स्तोर उन्नतीको माध्यमबाट प्रभावित ग्रामिण जनजिवनलाई सहज गराउन तथा विस्थापित समुदायहरुलाई पुनस्थापना गराउने उदेश्यले करिव १० करोडको लागतमा पद मार्ग निर्माण गरिएको दुतावासले जनाएको छ । छोतछोत देखि च्छोरोल्पा सम्म सुरक्षित पद यात्राका लागि आवश्यक रेलिङ तथा साँघुरा वाटाहरु चौडा बनाउने, पदमार्गको बारेमा जानकारी दिन आवश्यक ठाउँहरुमा सुचना पार्टीको व्यवस्था, पद मार्गमा परेका भुकम्पबाट प्रभावित ५ ओटा झोलुङगे पुलको निर्माण तथा र्ममत, पदमार्ग निर्माण तथा र्ममत संभार सम्बन्धी तालिम कार्यक्रमहरु संचालन गदै आएको थियो । ४० किलोमिटरको पदमार्ग निर्माण गर्नुका साथै दुतावासले पदमार्ग निर्माण तथा र्ममतका लागि आवश्यक पर्ने सवै औझारहरु र विधुत सेवा संचालन नभएका कारण पर्यटकहरुलाई सहजताका लागि ३.२ केभिको होण्डा जेनेरेटर समेत हस्ताणतरण गरेको छ ।

नेपालका लागि स्वीस राजदुत ऐलिजावेथ भोनकयापेलरले दोलखासँग स्वीस सरकारको पुरानो सम्बन्ध रहेको बताउनु हुँदै दोलखाको प्राकृतिक सुन्दरतामा पर्यटकलाई आकर्षित गराउन सवै मिलेर काम गर्नु पर्ने बताउनु भयो । उहाँले विकास आवश्यता भएता पनि विकासका कारण धेरै प्राकृतिक सुन्दरताहरु नष्ट हुँदै गएका कारण प्राकृतिक सुन्दरताहरु नविगारी विकास निर्माण गर्न आग्रह गर्नु भयो । गैरिशंकर संरक्षण क्षेत्र हिमाली जिव जनावरहरुको राम्रो वसस्थान हुनुका साथै आन्तरीक तथा वाहय पर्याटकहरुको पर्यटकिय केन्द्र भएको बताउनु हुँदै आयोजना प्रमुख सत्य नारायण साहले दुतावासको सहयोगले पदमार्ग निर्माण भएको र पर्याटकहरुको लागि सहज भएको बताउनु भयो ।
दोलखाको उत्तरी क्षेत्र गौरिशंर हिमालको काखमा समुन्द्री सतहदेखि ४ हजार ५ ८० मिटरको उचाईमा रहेको च्छोरोल्पा हिमताल धेरै पर्याटकहरुको रोजाईमा पर्ने गरेको छ । समुन्दी सतह देखि उच्च भुभागमा रहेको र हिमाली क्षेत्रहरुको अध्यन आवालोकन तथा भ्रमण गर्नका लागि त्यस क्षेत्रमा धेरै पर्याटकहरुको आगमन हुने गरेको छ । पछिल्लो समय त्यस क्षेत्रमा पर्यटकहरुको चाप वढदै गएको र दुतावासको सहयोगमा व्यवस्थीत पदमार्ग तथा ठाउँठाउँमा सुचना पाटीको व्यवस्था गरिएको हुँदा आगमी पर्यटकहरुलाई सहज हुने गौरिशंकर गाउँपालिका प्रमुख स्वयम् बहादुर खड्काले बताउनु भयो ।

