दोलखा जिल्ला खुल्ला दिशामुक्त जिल्ला घोषणा

दर्पण संवाददाता
चरिकोट, १२ भाद्र

खुल्ला दिशामुक्त घोषणको लागि आवश्यक पर्ने सुचकहरु पुरागर्दै दोलखा जिल्ला आज खुल्ला दिशामुक्त जिल्ला घोषणा भएको छ ।

खानेपानी तथा सरसफाई मन्त्री विना मगरले नेपालको ६७ औँ जिल्लाको रुपमा दोलखा जिल्ला खुल्ला दिशामुक्त भएको प्रमाणत्र जिल्ला स्तरिय खानेपानी सरसफाइ स्वच्छता समन्वय समिति दोलखाका अध्यक्ष डवल पाण्डेलाई हस्ताण्तरण गर्नुहृुँदै खुल्ला दिशा मुक्त जिल्ला घोषण गर्नु भएको हो । खुल्ला दिशामुक्त जिल्ला घोषणा समारोहलाई संवोधन गर्नुहुँदै मन्त्री मगरले नेपालको सवै जिल्ला असोज महिना भित्र खुल्ला दिशामुक्त जिल्ला घोषण गरी सक्ने गरी काम भई रहेको र दक्षिण एसियामानै पहिलो राष्टको रुपमा खुल्ला दिशा मुक्त राष्ट घोषण गर्ने तयारीमा रहेको बताउनु भयो । संबृद्ध राष्ट्र निर्माणका लागि सरसफाई भई नगारीकहरु स्वस्थ रहन आवश्यक रहेको बताउनुहुँदै स्वच्छ खानेपानी सवै नागरीको मैलिक हक भएको र त्यसको व्यवस्थापनका लागि आफुले आवश्यक अध्यन गरी काम सुरु गरेको बताउनु भयो । वर्षको समयमा भुकम्पले क्षेति पुगेको दोलखाको विभिन्न ठाउँको खानेपानी योजनाहरुको पुन निर्माण र सहज तरिकाले खानेपानीको व्यवस्था मिलाउन आफु प्रतिवद्ध रहेको बताउनु भयो । यही असोज भित्र खुल्ला दिशामुक्त राष्ट्र घोषण गरी सक्ने र पुर्ण सरसफाई राष्ट घोषणको लागी समेत काम भई रहेको बताउनु भयो ।

खुृल्ला दिशामुक्त दोलखा जिल्ला बासीको शान, दोलखा जिल्लालाई पुर्ण सरसफाई युक्त बनाउने हाम्रो अभियान भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डेले जिल्लाको सवै गाँउपालिकाहरु खुल्ला दिशामुक्त गाँउपालिका घोषण भई सकेको र घोषणको लागि आवश्यक मापदण्डहरु पार गरीसकेको कारण घोषण गरेको बताउनु भयो । कार्यक्रममा प्रतिनिधी सभाका सांसद पार्वत गुृरुङले खुल्ला दिशामुक्त जिल्ला घोषणको तयारीमा रहेको जिल्ला भुकम्पका कारण ध्वस्त भएको र आज आएर घोषण भएकोमा खुसी ब्यत गर्नुहुँदै चेतना स्तर बृद्धि भई जिल्ला संवृद्धीको यात्रामा लागेको बताउनु भयो । कार्यक्रममा पुर्व राज्य मन्त्री देवी खड्का, पुर्व पर्यटन संस्कृती तथा नागरिक उडयन मन्त्री आनन्द पोखरेल, प्रदेश सदस्य पशुपती चौलागाई, विशाल खड्का लगाएतले सभालाई संवोधन गर्नु भएको थियो ।